भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १४९, संक्रमित हुनेको संख्या ५ हजार नाघ्यो (अपडेट)
बुधबार, २६ चैत २०७६, २२ : १८
एजेन्सी । भारतमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १४९ पुगेको छ । बुधबार त्यहाँको स्वास्थ्य मन्त्रालयले जानकारीअनुसार संक्रमित हुनेहरुको संख्या ५२७४ पुगेको छ भने ४ सय १० जना निको भएर फर्किएका छन् । बुधबार मात्र सबैभन्दा बढी महाराष्ट्रमा ११७ जना नयाँ संक्रमित देखिएका छन् ।
योसहित महाराष्ट्रमा संक्रमित हुनेहरुको संख्या ११ सय ३५ पुगेको छ भने मृत्यु हुनेको संख्या ७२ जना पुगेको छ । बुधबारनै आन्ध्र प्रदेशमा ३४, राजस्थानमा २०, मध्यप्रदेशमा २२ जनामा संक्रमण भएको पुष्टि भएको छ । अहिलेसम्म महाराष्ट्रपछि तमिलनाडु, दिल्ली, मध्यप्रदेश, केरला, आन्ध्र प्रदेश, तेलंगाना, राजस्थान, उत्तरप्रदेश लगायतका राज्यहरुमा संक्रमित र मृत्यु हुनेहरुको संख्या धेरै देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एआईयुक्त क्यामरा भएको ईयरबड्स ल्याउँदै मेटा
-
सङ्खुवासभाको सभापोखरीमा चट्याङ लागेर ७२ भेडा मरे
-
म्याथ्यू हेडेन भन्छन्- ‘आईपीएलमा धोनीले खेलाडीको भूमिकामा अन्तिम खेल खेले’
-
सभामुखको भूमिकाप्रति विपक्षी दलको आपत्ति, सडकदेखि सदनसम्म मोर्चाबन्दी गरिने
-
सुर्खेतको कटकुवामा मिनिबस दुर्घटना : दुई जनाको मृत्यु
-
२४ सै घण्टा मोबाइल चलाउनु हुन्छ ? यस्ता हुन सक्छन् साइड इफेक्ट