पाहुर
-सुधीर ख्वबि
डर
अचानकै सहरमा ओर्लेपछी
स्यालहरु गाउँ पस्न थालेपछी
सहरका गल्ली सडकहरू
शून्यताको कब्जा गइसकेपछी ।
सेता वस्त्रहरू
ईश्वरका अवतार भइरहेको बेला
केही दरवारहरु
भुमिगत भएका छन्
र, सहर
आ-आफ्नै घरभित्र कैद भएका छन् ।
ठिक यहिबेला
स्वास्थ्य गन्ति
भ्रष्ट क्यालकुलेटरमा गरिंदैछ
भोकको तस्वीर लुकाउन
राहतको जन्ति
सेल्फीमा नाच्दैछ ।
यहि मेसोमा
केहि बहुमतहरु
सुनपानी छर्केर चोख्याउँदैछन्
वक्तव्यहरू ।
यध्यपि
आधुनिक बधशालाहरूमा
प्रवेश निषेध सुसुचित छ
यो डरको लागि
र त आर्यघाटहरू पनि फुर्सदमा छन् ।
समय खराब चलिरहेको हो त ?
अहँ मान्न तयार छैन, समय आफै पनि
कुहिएको सोचले ग्रष्ट छ यध्यपि
केही मस्तिष्कहरू, यस्तो समयमा पनि ।
र,
समृद्धिको नाममा
पस्किएका छन् निरन्तर
महंगी र भ्रष्टाचार
यो डरको संङ्घारमा पनि ।
अझ गर्दैछन् खेती झूठको
तल्लिन छ झुक्याउन
केही बोलीहरू
पाहुरको नाममा अर्थी सजाउन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘नेतृत्व विकास र मङ्गलादेवी सिंह’ वक्तृत्वकलाको उपाधि अधिकारीलाई
-
कठिन भूगोल छिचोल्दै पदमार्ग निर्माण
-
खडेरीले धानको ब्याड सुक्न थालेपछि किसान चिन्तित
-
आइतबार यी राशिहरूलाई मिल्न सक्छ लाभ, हेर्नुहोस् राशिफल
-
तीन सातामा दुई हजार सात सय पर्यटक हुम्ला भित्रिए
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण