चीनमा २४ घण्टाभित्र कसैको मृत्यु भएन, नयाँ संक्रमित भेटिएनन्
शनिबार, २९ चैत २०७६, ०७ : ३२
चीनमा पछिल्लो २४ घण्टाभित्र कोरोनाभाइरसको संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन । खुसीकै कुरा हो, यहाँ नयाँ संक्रमित पनि भेटिएका छैनन् ।
वर्ल्डोमिटरको पछिल्लो आँकडालाई केलाउँदा २४ घण्टाभित्र कसैको मृत्यु भएको छैन भने नयाँ संक्रमित पनि भेटिएका छैनन् ।
हालको समयमा यहाँ ८१ हजार ९ सय ९ जना कूल संक्रमित छन् जसमध्ये १ सय ४४ जनाको स्थिती चिन्ताजनक छ ।
यहाँ हालसम्म ३ हजार ३ सय ३६ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् ।
यद्यपि, थुप्रै जानकारले चीनमा कोरोनाभाइरसको दोस्रो लहर भित्रिन सक्ने चेतावनी दिएका छन् । केही दिनअघि चीनका राष्ट्रपति सी जिनपिङले पनि यो खतरालाई मध्यनजर गर्दै आफ्ना देशवासीलाई सतर्क रहन आग्रह गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण