मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय

हरिमाया र सीताको लोकभाका ‘चरी बस्यो’

मङ्गलबार, ०२ वैशाख २०७७, १४ : २६
मङ्गलबार, ०२ वैशाख २०७७

काठमाडौं । मुलुकमा कोरोना भाइरसका कारण लकडाउन भएको तीन हप्ता कटिसक्यो । यो समयमा विश्व नै कोरोनाबाट त्रसित बनिरहेको अवस्था छ । 

जसका कारण विश्वको अर्थतन्त्र नै डामाडोल भएको छ । यसको असर उद्योग धन्दा, कलकारखाना, अफिस, चलचित्र उद्योग, संगीत उद्योग सबैमा असर परेको छ । 

तर नेपालको संगीत उद्योगमा भने केही गीतहरु यो समयमा पनि सार्वजनिक भइरहेका छन् । पहिला नै रेकर्डिङ तथा छायाँकन गरेर रहेका गीत अहिले म्यूजिक भिडियासहित सार्वजनिक भइरहेका छन् । 

यस्तै लकडाउनकै समयमा गायिका हरिमाया गुरुङ र सीता गुरुङको मौलिक लोकभाका ‘चरि बस्यो’ सार्वजनिक गरिएको छ । गीतमा हरिमाया गुरुङ, सीता गुरुङ, राजु गुरुङ, कृष्ण गुरुङ र आइतराम गुरुङको स्वर छ भने शब्द गायिकाद्वय हरिमाया र सीता छ । 

चरि बस्योको म्यूजिक भिडियोलाई पश्चिमाञ्चल कल्चरल गु्रपले निर्माण गरेको हो । दीप गुरुङको निर्देशनमा बनेको भिडियोमा मधुर बस्नेत, विजय लामा र प्रेम खनालको छायाँकन छ । 

हेमा गुरुङ र दीप गुरुङको कोरियोग्राफ रहेको भिडियोमा राइनासकोटको घुमाउने घरमा रोधी बसेको कथालाई प्रस्तुत गरिएको छ । भिडियोमा वरिष्ठ गायक अमर विरही गुरुङ, कृष्ण गुरुङ, राजु गुरुङ, हरिमाया गुरुङ, सीता गुरुङ लगायत पश्चिमाञ्चल कल्चरल गु्रपका कलाकारको अभिनय समेटिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप