आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

'टम एण्ड जेरी' कार्टुनका निर्देशकको ९५ वर्षको उमेरमा निधन

मङ्गलबार, ०९ वैशाख २०७७, १० : १८
मङ्गलबार, ०९ वैशाख २०७७

चर्चित कार्टुन पात्र टम एण्ड जेरीका रचयिता, पोपाय द सेलर म्यान र मुनरोजस्ता कार्टून फिल्मका निर्माता–निर्देशक जीन डाइचको ९५ वर्षको उमेरमा निधन भएको छ । उनी पाँच दिनअघि गत बिहिबार प्रागस्थित आफ्नो अपार्टमेन्टमा मृत भेटिएको बताइन्छ । उनको मृत्युबारे उनका प्रकाशक पिटर हिम्मेलले पुष्टि गरेका छन् ।  

सन् १९२४ अगस्ट ८ तारिखमा सिकागोमा जन्मिएका जीन पहिला उत्तरी अमेरिकामा सेनासँग आबद्ध थिए । उनी पाइलटलाई तालिम दिन्थे भने सेनाका लागि ड्राफ्टम्यानको काम गर्दथे । तर स्वास्थ्य सम्बन्धि समस्याका कारण उनलाई सन् १९४४ मा सेनाबाट हटाइयो । पछि उनी एनिमेसनको क्षेत्रसँग जोडिए । त्यसपछि उनले टम एण्ड जेरी कार्टुनको पात्रलाई के सोचेर के सोचेर निर्देशन गरे ?  एक अन्तरवार्तामा उनले यसबारे जानकारी दिए ।

चुनौती यस्तो पात्र बनाउने थियो जसले केही नभनी सबैलाई हँसाउन सकोस् र वर्षौंसम्म याद गरियोस्:

जीन डायचका अनुसार सन् १९४४ मा अमेरिकामा सेनाको जागिर छोडेर उनी हलिउडको चर्चित एमजीएम प्रोडक्सन हाउससँग जोडिए । मैले टम एण्ड जेरीको सुरुवात पनि यहाँबाटै भयो । उनले भने, ‘यो बनाउनु अघि मसमक्ष एउटा चुनौती थियो जसमा मुसा र बिरालोको कहिले पनि समाप्त नहुने झगडामा भाषाको प्रयोग नगर्नु थियो । र यसलाई मानिसहरुले वर्षौंसम्म पनि याद गरुन् भन्ने चुनौती ममाथि तेर्सिएको थियो । अर्थात्, यस्तो पात्र जसले केही नबोली आफ्नो हाउभाउले सबैलाई हँसाउन सकोस् ।’

सपनामा पनि झगडा गरिरहेको देखिन्थे टम एण्ड जेरीः जीन

उनले थपे, ‘यसैबीच मेरो भेट विलियम हन्नार जोसेफ बारबरासँग भयो । दुबै एमजीएम स्टुडियोमा काम गर्दथे । यी दुई निकै मिहिनेती थिए । मैले टम र जेरीको पात्रबारे उनीहरुसँग मिलेर काम गर्न सुरु गरेँ । एनिमेटर भएको नाताले मैले एउटा सिरिजमा हज्जरौं कार्टून स्ट्रिप बनाउनु पर्दथ्यो किनभने त्यतिबेला कम्प्युटर प्रविधि थिएन ।’

उनी थप्छन्, ‘टम र जेरी पात्र मेरो दिमागमा यसरी बसेको थियो कि राती पनि सपनामा उनीहरु झगडा गरिरहेको देख्थेँ । बिहान उनीहरुको झगडा कागजमा उतार्थेँ ।’

सन् १९६० मा टम एण्ड जेरीको १३ एपिसोडको नयाँ श्रृङ्खला बनाएँः जीन

सन् १९५७ मा एमजीएम स्टुडियोले आफ्नो एनिमेशन युनिट बन्द गर्यो । सन् १९५९ मा उनी प्राग घुम्न गए र त्यहाँ नै बस्ने निर्णय गरे । त्यसपछि हन्ना र बारबरा पनि प्राग पुगे र त्यहाँ आफ्नो प्रोडक्सन हाउस खोले । सन् १९६० मा टम एण्ड जेरीको १३ एपिसोडको नयाँ श्रृङ्खला र पोपाय द सेलर म्यान फिल्मले सफलताको झण्डा गाडिदियो । उनले भने, ‘यहाँबाट मैले प्रसिद्धि पाएँ । सन् १९६७ मा मुनरोका लागि मैले ओस्कर पनि पाएँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप