यस्तो छ ‘हेल्लो काँशीराम’ को गीत ‘खैजेडीको घेरो’
काठमाडौँ । आगामी जेठ २ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने ‘हेल्लो काँशीराम’ को नयाँ गीत ‘खैजेडीको घेरो’ सार्वजनिक गरिएको छ । दमदार लोक भावनामा आधारित गीतमा चर्चित गायक राजु परियारको स्वर सुन्न सकिन्छ । गीतमा सङ्गीत संयोजन विपिन आचार्यको छ ।
गीतले फिल्मको कथा समेत बुझाएको छ । गति अनुसार फिल्म कमेडी शैलीमा देशको परिस्थितिलाई चित्रण गरेको बुझ्न सकिन्छ । आर.आर.फिल्मस वितरण रहेको फिल्ममा दिलीप रायमाझी, प्रियङ्का कार्की, नवज्योती रसाइली, उमेश राई, अर्जुन गुरुङ, लक्ष्मी भुसाल, लगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।
फिल्मको छायाङ्कन यम आलेमगरले गरेका हुन् भने सम्पादन मित्र डी.गुरुङले गरेका हुन् । कविराज गहतराजको नृत्य र शङ्कर महर्जनको द्वन्द्व रहेको फिल्म पी.बी.थापाको लगानीमा बनेको हो । फिल्मका लेखक तथा निर्देशक रिम विश्वकर्मा हुन् ।
को लेखन तथा निर्देशनमा बनेको यस चलचित्रका सह–निर्माता शान्ता ढकाल हुन् । रेडलाइन्स फिल्म प्रालिको ब्यानरमा निर्माण भएको फिल्मको मिडिया तथा सोसल मिडिया व्यवस्थापन सेलिब्रेटी टाइम्स प्रालिले गरेको हो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण