बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

अजोड इन्स्योरेन्सद्वारा भाटभटेनीका कर्मचारीहरुको कोरोना बिमा

शुक्रबार, १२ वैशाख २०७७, १९ : ०७
शुक्रबार, १२ वैशाख २०७७

काठमाडौं– अजोड इन्स्योरेन्सद्वारा भटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्ट स्टोरका कर्मचारीहरुको कोरोना भाइरस (कोभिडš१९) बिमालेख जारी गरेको छ । बिहिवार भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्ट स्टोर्सले आफ्ना १२५७ जना कर्मचारीहरुका लागि एक लाख बिमाड्ढको बिमालेख खरिद गरेको हो । 

सो बिमालेखले कोरोना भाइरस (कोभिड š१९) को संक्रमण भएको भनि पीसीआर पोजिटिभ पुष्टि हुनासाथ बिमाड्ढ रकम बराबरको एक लाख बिमित वा निजको नजिकको हकदारलाई एकमुष्ट रकम भुक्तानी गरिनेछ । उक्त बिमालेखवापत भटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्ट स्टोरले अजोड इन्स्योरेन्सलाई प्रतिव्यक्ति ६ सयका दरले ७ लाख ५४ हजार २ सय बिमा शुल्क भुक्तानी गरेको छ ।

साथै अजोड इन्स्योरेन्सले महुली लघुवित्त वित्तिय संस्था लि. का २१२ जना कर्मचारीहरुको पनि प्रतिव्यक्ति एक लाख बिमाड्ढको कोराना बिमालेख जारी गरेको जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप