सोमबार चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध
मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायु, स्थानीय वायु र पुर्वी भू–भाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभाव परेको जनाएको छ ।
यसका साथै बंगालको खाडी, अरब सागरबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरेको महाशाखाले जनाएको छ ।
महाशाखाले जारी गरेको पूर्वानुमानमा हाल देशको केही स्थानहरुमा सामान्य बदली भई वर्षा भइरहेको जनाइएको छ ।
सोमबार दिउँसो देशभर सामान्य बदली रही अधिकांश स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।
यसैगरी, राति देशभर सामान्य बदली रही अधिकांश स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
महाशाखाले सोमबार पश्चिमी भू–भागका अधिकांश स्थानमा र मध्य र पूर्वी भू–भागका केही स्थानहरुमा मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण