बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

भेनेजुएलाको जेलमा हिंस्रक झडप, ४० बढीको मृत्यु

आइतबार, २१ वैशाख २०७७, १२ : २९
आइतबार, २१ वैशाख २०७७

भेनेजुएलाको एक जेलभित्र भएको हिंस्रक झडपमा ४० बढी कैदीको ज्यान गएको छ । जेल अधिकारीका अनुसार भेनेजुएलाको पश्चिमी शहर गुआनारी नजिकैको लस लानोज जेलका कैदी खानपिनको कमीका कारण रिसाएका थिए ।

घटनाको अनुसन्धान गर्न आदेश दिइएको छ । यद्यपि, सरकारी अधिकारीले भिन्न दाबी गरिरहेका छन् । कैदी जेल तोडेर भाग्ने कोसिस गर्दा झडप भएको हो । यो हिंसाका जेल अधिकारीसहित थुप्रै घाइते भएका छन् ।

भेनेजुएलाका जेलमन्त्री इरिस वरेलाले एक पत्रिकालाई जेलमा हिंसा भएको जानकारी त दिए तर कतिजनाको मृत्यु भएको बारे केही बताएनन् । उनले यसलाई जेल तोडेर भाग्ने कोसिससँग जोडेका छन् ।

ल्याटिन अमेरिकाको फोहो र र क्षमताभन्दा बढी कैदी भएको यो जेलमा हिंसा लगातार बढिरहेको छ । यहाँको सरकार कोरोनाभाइरसको संक्रमणमाथि नियन्त्रण पाउनका लागि विभिन्न प्रतिबन्ध लगाइरहेको छ । क्वारेन्टाइनका कारण कैदीले आफ्नो परिवारमार्फत् खाना पाइरहेका छन् ।

द अब्जर्भेटरी नामको संस्थाका अनुसार ४६ कैदीको मृत्यु भएको छ र स्थानीय अस्पतालमा थुप्रै घाइते भर्ना गरिएको छ ।

भेनेजुएलाको नेशनल एसेम्बलीकी सदस्य मारिया बिट्रिज मार्टिनेजले स्प्यानिसमा ट्वीट गरेर यसलाई नरसंहार बताएकी छिन् । उनका अनुसार मारिएका कैदीका परिवारलाई उनीहरुको शव दिइनेछैन र कुनै सामूहिक चिहानमा शव गाडिनेछ ।

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप