यदि यी तस्बिरमा कुनै अनुहार देखिएको छ भने तपाईंलाई लागेको छ यो रोग
के तपार्ईं पनि कुनै चीजलाई ध्यान दिएर हेर्दा त्यसमा अनुहार देख्नुहुन्छ ? यदि यसको उत्तर सकारात्मक आउँछ भने तपाईंलाई एक विशेष प्रकारको रोग लागेको छ ।
वास्तवमा यो रोगलाई पेरिडोलिया (Pareidolia) भनिन्छ । यो एक मनोवैज्ञानिक विकार हो । यसमा मानिसहरुले कुनै पनि कुरामा ध्यानपूर्वक हेर्दा त्यसमा कसैको अनुहार देख्ने गर्दछन् । युनिभर्सिटी अफ टोरेन्टोका प्राध्यापक कांग लीले पेरिडोलियामाथि निकै अनुसन्धान गरेका छन् । उनका अनुसार यो समस्याबाट जुधिरहेका मानिसहरुले तनाव लिनुपर्दैन किनभने जसको दिमाग तेज हुन्छ उनीहरुले धेरैजसो वस्तुमा अनुहार देख्ने गर्दछन् ।
के हो पेरिडोलिया ?
यस्ता व्यक्तिहरुले कुनै पनि तस्बिर वा छायाँमा अपरिचित अनुहार देख्ने गर्दछन् ।
यो अनुहार उनको दिमागको उपज हो जसलाई उनीहरु कल्पनामार्फत महसुस गर्ने गर्दछन् ।
थुप्रै पटक मानिसहरुले चट्टान वा ढुङ्गामा पनि अनुहार देख्ने गर्दछन् । यसलाई मिमेटोलिथ्स भनिन्छ ।
हुन त यो रोगले कुनै हानी पुर्याउँदैन तर यदि दिमागमा प्रत्येक पटक डरालाग्दो छायाँ देखिन्छ भने यसले समस्या निम्त्याउन सक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण