मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

किम सार्वजनिक भएपछि उत्तर कोरियाले गर्‍यो सीमा क्षेत्रमा फायरिङ

आइतबार, २१ वैशाख २०७७, २० : ३५
आइतबार, २१ वैशाख २०७७

उत्तर र दक्षिण कोरियाको सीमाक्षेत्रमा आइतबार बिहान फायरिङ भएको  छ । दक्षिण कोरियाली न्युज एजेन्सी योनहापका अनुसार उत्तर कोरियाले फायरिङ सुरु गरेको थियो । 

जवाफमा दक्षिण कोरियाले पनि फायरिङ ग-यो । तीन वर्षपछि उत्तरले सीमा क्षेत्रमा पहिलोपटक फायरिङ गरेको हो । तत्कालीन समय पनि फायरिङपछि दुई देशबीचको सम्बन्ध बिग्रिएको थियो । 

मिडिया रिपोर्टअनुसार फायरिङमा दुबैतर्फ कुनै क्षति भएन । उत्तर कोरियाले दक्षिण कोरियाको चियोरवान शहरलाई निशाना बनाएको थियो । यो शहर सीमा क्षेत्रबाट नजिकै पर्छ । 

घटनापछि दक्षिण कोरियाको जोइन्ट चिफ अफ स्टाले विज्ञप्ती जारी गर्दै वार्ताको प्रयास भइरहेको जनाएको छ । ‘हामी इन्टर कोरियन कम्युनिकेशनमार्फत वार्ता गर्दैछौं । यसले तनाव कम गर्न सहयोग गर्छ । हाम्रो सेना कुनै पनि हमलाको जवाफ दिन तयार छ,’ विज्ञप्तीमा भनिएको छ ।  

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन २० दिन गायब भएर शुक्रबार मात्रै सार्वजनिक कार्यक्रम देखिएका थिए । त्यसको एक दिनपछि नै सीमा क्षेत्रमा उनका सैनिकले फायरिङ सुरु गरेका हुन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले किम सार्वजनिक भएकोमा खुसी प्रकट गरेका छन् । यसअघि उन गम्भिर बिरामी रहेको हल्ला फैलिएको थियो । सामाजिक सञ्जालमा उनको मृत्यु भइसकेको हल्ला समेत फैलिएको थियो । 

-दैनिक भास्कर

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप