शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

उपत्यका प्रवेश गर्ने मुख्य नाकामा थप सुरक्षा निगरानी

बिहीबार, २५ वैशाख २०७७, ०६ : १९
बिहीबार, २५ वैशाख २०७७

काठमाडौं : कोभिड–१९ महामारीको सङ्क्रमणबाट काठमाडौँ उपत्यकालाई सुरक्षित राख्न उपत्यका प्रवेश गर्ने मुख्य नाकामा थप सुरक्षा निगरानी बढाइएको छ ।

यसक्रममा काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी र महानगरीय प्रहरी कार्यालयका प्रमुख विश्वराज पोखरेलले बुधबार नागढुङ्गा नाकाको स्थलगत अवलोकन तथा निरीक्षण गरेका छन् । बाहिरबाट उपत्यका आउनेका कारण कोरोना सङ्क्रमण फैलिन सक्ने भएकाले मुख्य नाकाबाट हुने असुरक्षित प्रवेशमा कडाइ गर्ने र नाकामा सुरक्षाकर्मी थप्ने तयारी गरिएको छ ।

यसअघि काठमाडौंँ जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल र महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख भीमप्रसाद ढकालले नागढुङ्गा नाकाको निरीक्षण गरी उपत्यका प्रवेशमा कडाइ गर्न निर्देशन दिएका थिए । महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य नाकामा कडाइ गरी उपत्यकाको आन्तरिक बन्दाबन्दी खुकुलो बनाउँदा खासै फरक नपर्ने बताउनुहुन्छ । उपत्यकाको आन्तरिक बन्दाबन्दी खुकुलो हुने बित्तिकै राहतको समस्या पनि समाधान हुने अपेक्षा गरिएको छ ।

मङ्गलबार काठमाडौँ महानगरका प्रमुख शाक्यसहित ललितपुर, भक्तपुर र ठिमीका प्रमुखहरूको भेलाले नाकामा कडाइ गरी आन्तरिक बन्दाबन्दी खुकुलो बनाउन सुझाव दिएका थिए । उपत्यकासँग जोडिएका नागढुङ्गा, फर्पिङ र साँगा जगाते मुख्य नाका हुन् । यो समाचार आजको गोरखापत्र दैनिकमा देवबहादुर कुँवरले लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप