ह्वाइट हाउसमा मास्क लगाउन अनिवार्यः ट्रम्पले भने, ‘आदेश मेरो लागि होइन’
ह्वाइट हाउसका दुई कर्मचारीमा कोरोनाभाइरसको संक्रमण देखिएपछि सबै कर्मचारीलाई मास्क लगाउन अनिवार्य गरिएको छ ।
ह्वाइट हाउसले आफ्नो डेस्कमा बसिरहेका बेलाबाहेक अन्य समयमा सबै कर्मचारीलाई मास्क लगाउन र सहकर्मीसँग पर्याप्त दुरी स्थापित गर्न अनिवार्य गरेको छ ।
यो आदेश त्यतिबेला जारी गरिएको हो जब अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उपराष्ट्रपति माइक पेन्सका एक–एक सहयोगी बिरामी भएका छन् ।
यद्यपि, जब राष्ट्रपति पत्रकार सम्मेलनमा मास्क नलगाई पुगे तब उनलाई प्रश्न सोधियो । यसमा ट्रम्पले भने, ‘आदेश मेरो लागि होइन । मैले यो आदेश मान्न आवश्यक छैन किनभने म सबैसँग निकै टाढा बसिरहेको छु ।’
उनले भने, ‘ह्वाइट हाउसमा दैनिक सयौं मानिसको आवतजावत हुन्छ । मलाई लाग्छ संक्रमण रोक्नका लागि हामीले राम्रो काम गरिरहेका छौं ।’
ह्वाइट हाउसका तीन कर्मचारी पहिले नै सेल्फ आइसोलेशनमा गएका थिए किनभने उनीहरुलाई संक्रमणको आशंका थियो । यसमा डा. एन्थोनी फाउची पनि समावेश छन् जो अमेरिकामा यो महामारीसँग लड्ने समूहका मुख्य अनुहार हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण