शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

अझै फेला परेनन् नेपालका लागि पूर्वबेलायती राजदूत

बुधबार, ३१ वैशाख २०७७, १० : ३१
बुधबार, ३१ वैशाख २०७७

एक हप्ताअघि देखि हराइरहेका नेपालका लागि पूर्वबेलायती राजदूत रिचार्ड मोरिसको अवस्था अझै अज्ञात रहेको छ । ५२ वर्षीय मोरिस ह्याम्पसायरस्थित बेन्टलीमा रहेको आफ्नो घरबाट गत बुधबार व्यायामका लागि निस्किएका थिए । त्यसयता उनको अवस्था अज्ञात रहेको छ । 

अहिले प्रहरीले जंगल क्षेत्रमा मोरिसको खोजी गरिरहेको छ । प्रहरीका अनुसार ५० जना विशेषज्ञ टोलीले कुकुर र ड्रोनको मद्दतले एलिस होल्ट जंगल आसपास मोरिसको खोजी गरिरहेका छन् । तीन सन्तानका पिता मोरिस स्थानीय समय अनुसार बिहान साढे १० बजे घरबाट निस्किएका थिए ।

प्रहरीले अहिले मोरिस नियमित दौडिन जाने क्षेत्रहरुमा खोजतलास गरिरहेको जनाएको छ ।   

सन् २०१९ मा फर्कन अघि मोरिस चार वर्षसम्म नेपालमा राजदूतका रुपमा कार्यरत थिए । उनी जुलाईमा ब्रिटिस हाई कमिस्नरका रुपमा फिजी जाने तय भएको थियो ।

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप