त्रुटिपूर्ण नक्सा प्रयोग नगर्न मन्त्री अर्यालको आग्रह
मङ्गलबार, ०६ जेठ २०७७, १६ : २४
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले सरकारले नयाँ नक्सा बनाउने तयारी गरेकाले त्रुटिपूर्ण नक्सा प्रयोग नगर्न सर्वसाधारणलाई आग्रह गरेकी छिन् ।
सामाजिक सञ्जालमार्फत आज उनले मन्त्रिपरिषद् बैठकले लिम्पियाधुरा, कालापानी र लिपुलेकसहित नेपालको अद्यावधिक राजनीतिक र प्रशासनिक नक्सा स्वीकृत गरेसँगै नयाँ नक्सा सार्वजनिक गर्ने तयारीमा रहेको बताएकी छिन् ।
उनले सर्वसाधारणलाई नक्सा सार्वजनिक नगर्दासम्म धैर्य रहि त्रुटिपूर्ण नक्सा प्रयोग नगरी दिनुहुन अनुरोध गरेकी हुन् । सरकारले सोमबार नयाँ नक्सा बनाउने निर्णय गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनआरएनए एकता महाधिवेशनसम्बन्धी रिपोर्ट परराष्ट्रमन्त्रीलाई हस्तान्तरण
-
अब प्रदीप नेपाल सम्झनामा मात्रै, पशुपतिमा अन्तिम बिदाइ (फोटोफिचर)
-
गभर्नर नियुक्तिको समस्या प्रधानमन्त्रीको कारण आएको होइन : देउवा
-
आर्मी र गण्डकी राष्ट्रिय पुरूष हक्की प्रतियोगिताको फाइनलमा
-
रोनाल्डोका छोरा पोर्चुगलको यू–१५ टोलीमा समावेश
-
सरकारलाई समाजको वास्तविकता देखाउन खोजी पत्रकारिता जरूरी : सञ्चारमन्त्री