आणविक क्षमता वृद्धिबारे छलफल गर्दै किम
अमेरिकासँगको निसस्त्रीशरण वार्तामा ढिलाई भइरहेका बेला उत्तर कोरियाली नेता किम जोङ उनले देशको आणविक क्षमता वृद्धिका लागि नयाँ नीतिका विषयमा सैन्य अधिकारीसँग छलफल गरेका छन् ।
पछिल्लो तीन सातायता किम सार्वजनिक रुपमा यसरी देखिएको यो पहिलो अवसर हो । उनी अन्तिपटक १ मेइमा सार्वजनिक भएका थिए ।
पछिल्ला दुई महिना कोरोना भाइरसको चिन्ताका कारण उनी निकै कममात्र बाहिर निस्किएका छन् ।
उत्तर कोरियामा कोरोना भाइरसबाट बच्नका लागि कडाई गरिएको छ, यद्यपी देशमा अहिलेसम्म कोरोनाको संक्रमण नदेखिएको उनको दाबी छ ।
गत महिना आफ्ना हजुरबुबा तथा उत्तर कोरियाका संस्थापक किम जोङ सुनको जन्मजयन्तीमा उनी उपस्थित नहुँदा सामाजिक सञ्जालमा उनको मृत्यु भइसकेको हल्ला समेत फैलिएको थियो ।
गत वर्षयता अमेरिका र उत्तर कोरियाबीचको निसस्त्रीकरण सम्बन्धी वार्तामा निकै कम प्रगती भएको छ । कोरोना भाइरसको विश्वव्यापी महामारीपछि यो अझै ओझेलमा छ । उत्तर कोरियाली समाचार संस्था केसीएनएका अनुसार बैठकमा सैन्य दस्ताको प्रवद्र्धन गर्ने र शत्रुतर्फबाट हुने साना वा ठूला खतरालाई नियन्त्रण गर्ने विषयमा छलफल भएको छ ।
source:foxnews.com
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण