दुई पत्रकारसहित ४३ जनाले जिते कोरोनाविरुद्धको लडाईं
सोमबार, १२ जेठ २०७७, १८ : ००

पर्साको नारायणी अस्पतालमा उपचाररत थप ४३ जना कोरोनासंक्रमित निको भएका छन् ।
निको हुनेमा ४१ जना पुरुष रहेका छन् भने दुई जना महिला छन् । यसमध्ये ४२ जना पर्सा र १ जना सर्लाही जिल्लाको रहेको अस्पतालले जानकारी दिएको छ । यसमा दुई जना पत्रकार पनि सामेल रहेका छन् ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदन उपाध्यायका अनुसार पीसीआर परीक्षणमा नतिजा नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको हो ।