संक्रमण थप बढ्दो, अब ५० हजार कीट मात्रै बाँकी
बिहीबार, १५ जेठ २०७७, ०६ : ५७
काठमाडौं – कोरोना भाइरस संक्रमण दर बढ्दै जाँदा परीक्षणका लागि अत्यावश्यक मानिएको पीसीआर कीट सरकारसँग अत्यन्त न्यून रहेको पाइएको छ ।
स्वास्थ्य सेवा विभागका अनुसार ५० हजार पीसीआर कीट मौज्दात छ ।
संक्रमितको संख्या ८ सय ८६ पुगिसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ लाई मध्यनजर गर्दै १ हजार ५ सय केसलाई आधार मानेर कीटलगायत स्वास्थ्य सामाग्री खरिद गरेको थियो ।
१ लाख २८ हजार पीसीआर कीट प्राप्त भएकामा ७८ हजार कीट वितरण गरिएको छ । थप एक लाख ७५ हजार पीसीआर कीट खरिद प्रक्रिया अघि बढाइएको छ । यो समाचार आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेशका ९० प्रतिशत नागरिक बीमाको पहुँच बाहिर
-
द नेपाल डिस्टिलरिजद्वारा बालाजु क्षेत्रमा पोल र सडक बत्ती जडान
-
समाजवादी मोर्चाको औचित्य छैन : मनिष सुमन
-
कास्कीमा चेक बाउन्सका मुद्दाले हैरान
-
भिजाको नेपाल, बङ्गलादेश र भुटानको कन्ट्री म्यानेजरमा सब्बीर अहमद
-
अदालतले पुनः मतगणनाको फैसला गरेपछि व्यासका मेयर भन्छन्- नतिजामा कुनै तलमाथि हुँदैन