डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
सारांश
- डडेलधुराको अमरगढी नगरपालिका-७ खसरेखानमा शनिबार बिहान बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
- धनगढीबाट दार्चुलातर्फ जाँदै गरेको जिप सडकबाट करिब ५०० मिटर तल भिरमा खसेर दुर्घटनामा परेको थियो।
- घाइते पाँचै जनालाई उपचारका लागि डडेलधुरा अस्पताल पुर्याइएकोमा दुई जनाको मृत्यु भएको छ भने तीन जनाको उपचार भइरहेको छ।
कैलाली । डडेलधुराको अमरगढी नगरपालिका–७ खसरेखानमा शनिबार बिहान बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
धनगढीबाट दार्चुलातर्फ जाँदै गरेको जिप बिहान करिब ३ बजे सडकबाट करिब ५०० मिटर तल भिरमा खसेर दुर्घटनामा परेको स्थानीयले बताएका छन्।
दुर्घटनाको सूचना प्राप्त हुनासाथ नेपाल प्रहरी, ट्राफिक प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली घटनास्थल पुगेर उद्धार कार्य सञ्चालन गरेको थियो। घाइते पाँचै जनालाई तत्काल उपचारका लागि डडेलधुरा अस्पताल पुर्याइएको थियो। उपचारकै क्रममा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ भने बाँकी तीन जनाको अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। मृतक र घाइतेहरूको पहिचानसहित घटनाबारे थप विवरण सङ्कलन भइरहेको छ भने प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईम्पेरियल इन्जिनियरिङ कलेजको नेतृत्वमा इन्जिनियरिङ काउन्सिलका पूर्व रजिष्ट्रार नियुक्त
-
‘जनसंख्या धेरै वा थोरै हुनु समस्या होइन, राज्यको दृष्टिकोण नहुनु मूल समस्या हो’
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण