मिनी ट्रकले स्कुटरलाई ठक्कर दिँदा नयाँ बसपार्कमा २ जनाको ज्यान गयो
शुक्रबार, १६ जेठ २०७७, १८ : १८

काठमाडौँ । बिहीबार राति नयाँ बसपार्कस्थित बिजी मल अगाडि विपरित दिशाबाट आउँदै गरेको मिनी ट्रकले स्कुटरलाई ठक्कर दिँदा २ जनाको ज्यान गएको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख डीएसपी उमेश लम्सालकाअनुसार ट्रकको ठक्करबाट मृत्यु हुनेमा बझाङका २२ वर्षका लोकेन्द्र विष्ट र २५ वर्षका धनबहादुर बुढा रहेका छन् ।
ठक्करपछि गम्भीर घाइते भएका एकको त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज र अर्काको को वीर अस्पतालस्थित ट्रमा सेन्टरमा उपचारको क्रममा ज्यान गएको लम्सालले बताए । गोंगबु चोकबाट बालाजु जाँदै गरेको बा२ख ५४ ८४ नम्बरको मिनी ट्रकले विपरित दिशाबाट आउँदै गरेको ना ६५ प २००१ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
डीएसपी लम्सालका अनुसार ट्रक चालक र ट्रक प्रहरीको नियन्त्रणमा छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सगरमाथा संवाद र बिर्सिन नहुने केही सवाल
-
‘आतङ्कवादी आक्रमणमा परेका नेपालीका परिवारलाई सधैँ सहयोग गर्छौं’
-
५ लाख ७० हजार घुससहित इन्जिनियर पक्राउ
-
देशमा चार वायुको प्रभाव, आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा
-
पूर्वाधारको अभावमा कोरला नाका सञ्चालनमा समस्या
-
राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची