तुलसीपुरमा २८ वर्षीय युवकको हत्या
शनिबार, १७ जेठ २०७७, ११ : ४४
दाङ – तुलसीपुरमा एक युवकको हत्या भएको छ । तुलसीपुर उपमहानगरपालिका– ९ मैनामगर निवासी २८ वर्षीय मन्दिप भुजेलको गएराति हत्या भएको हो ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक चक्र डम्बरपालका अनुसार अटोभिलेजदेखि करिब डेढ सय मिटर उत्तरतर्फ ज्ञानज्योति आधारभुत विद्यालयको भवन पछाडी भुजेलको आज बिहान शव फेला परेको हो ।
मृत अवस्थामा भुजेलको शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी निरीक्षक डम्बरपालको नेतृत्वमा घटनास्थल पुगेको प्रहरी टोली अनुसन्धान सुरु गरेको छ ।
यसैबिच प्रहरीले अनसुन्धानका लागि स्थानीय ३ जना युवकलाई नियन्त्रणमा समेत लिएको छ । भुजेलले अटोभिलेजमा रेडिवाटरको काम गर्थे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
-
बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण