सिटिजन लाइफका बीमितहरुले अब आफ्नो विवरण आफै हेर्न सक्ने
काठमाडौं– सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लकडाउनको अहिलेको परिस्थितिमा बीमितहरुले सहजरुपमा बिना कुनै झन्झट घर बसेरै सिटिजन लाइफ इन्स्योरेन्सको मोबाइलएपमार्फत आफ्नो विवरण आफै हेर्न सकिने सेवा यूजर पोर्टलको शुभारम्भ गरेको छ ।
सिटिजन लाइफको एप सजिलै प्ले स्टोरबाट डाउनलोड गर्न सकिन्छ । त्यहाँ बाट लगइनमा गएर पोलिसी होल्डर छनौट गरी आफ्नो पोलिसी नम्बर र पासवर्ड राखेर आफ्नो सम्पूर्ण विवरण हेर्न सकिनेछ ।
यस एपमार्फत बीमितले लिएको बीमा योजना, कुल बीमाङ्क रकम,आफुले अहिले सम्म तिरेको बीमा शुल्कको विवरण साथै भविष्यमा कहिले र कति नवीकरण शुल्क तिर्न पर्छ भन्ने कुराको सम्पूर्ण जानकारी लिन सकिन्छ ।
बीमा योजना खरिद गरि सकेपछि आफ्नो विवरण बुझ्न बारम्बार आफ्नो अभिकर्ता वा कम्पनीसँग सोधिराख्नु पर्ने झन्झट यस सुविधाको शुभारम्भ सँगै समाप्त भएको छ । साथ साथै सिटिजन लाइफको यस एपमा बीमा शुल्क सहितको प्रिमियम शुल्क गणना गर्ने प्रिमियम क्यालकुलेटर सुविधा, कम्पनीको सम्पूर्ण योजनाहरुको बारे विस्तृत जानकारी, एजेन्ट पोर्टल र कम्पनीको सबै शाखा कार्यालयहरुको विवरण पनि उपलब्ध छ ।
यसका साथै कम्पनीले ग्राहकहरुको सुविधालाई मध्यनजर गरी सदैब आधुनिक तथा नवीनतम प्रविधिलाई ग्राहकको सेवामा ल्याउने योजनाअनुसार अहिलेको यस परिस्थितिमा, घरमै बसेर ई–सेवा, फोनपे, कनेक्ट आइपीएस लगायतका डिजिटल बैङ्किङ्ग सुविधामार्फत बीमा शुल्क तिर्न सकिने व्यवस्था गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण