अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी आन्दोलनको पक्षमा
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी कान्छी छोरी टिफनी ट्रम्प अमेरिकामा जारी आन्दोलनको समर्थनमा उभिएकी छिन् । टिफनीले इन्स्टाग्राममा एक कालो तस्बिर पोष्ट गर्दै जारी आन्दोलनको समर्थन गरेको संकेत दिएकी छिन् । उनले लेखेकी छिन्, ‘एक्लै हामी थौरै हासिल गर्न सक्छौ, सँगै हामी धेरै गर्न सक्छौ भन्ने हेलेन केलरको उक्तिलाई समेत उल्लेख गरेकी छिन् । उनले इन्स्टाग्राममा #BlackoutTuesday #justiceforgeorgefloyd लेखेकी छिन् ।
वकिल पेशामा आवद्ध ट्रम्पकीको छोरीको यो सन्देश यस्तो बेलामा आएको छ, जब अमेरिकन पुलिसहरुले वासिङटनस्थित ह्वाइट हाउसबाहिर प्रदर्शनकारीहरुलाई नियन्त्रणमा लिएर अश्रुग्यास प्रहार गरिरहेको थिए । त्यस्तै ट्रम्पकी दोश्रो पत्नी अर्थात टिफ्नीकी आमाले पनि आन्दोलनलाई समर्थन गरेकी छिन् ।
पछिल्लो हप्ता एक श्वेत प्रहरी अधिकारीले काला जातिका जर्ज फलायडमाथि हातपातपछि मृत्यु भएको विरोध अमेरिकामा देशव्यापी आन्दोलन चर्किरहेको छ । विरोध प्रदर्शन चर्किदै गएपछि देशका ४० शहरमा कर्फ्यु आदेश समेत जारी गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने
-
सफा हिमाल अभियान : सेनाले दुई शव र आठ हजार किलो फोहर उठायो
-
स्वास्थ्य क्षेत्रको जनशक्ति व्यवस्थापनमा सरकारको उपेक्षा
-
गीत विवादमा प्रकाश दुतराज : विकृति–विसङ्गति केलाउन खोजेको हो
-
एमालेले भन्यो– कांग्रेसले मात्तिएर अलोकतान्त्रिक संसदीय अराजकता मच्चायो
-
सरकारले एक करोड ३० लाख युरो स्वीकार गर्ने