प्रदेश नम्बर २ का थप १९ जनामा कोरोना संक्रमण पुष्टि
प्रदेश नम्बर २ को तीन जिल्लाका थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको ल्याबमा गरिएको परीक्षणमा पर्सा, बारा र रौतहका थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदन उपाध्यायले जानकारी दिए ।
उनका अनुसार पर्सा जिल्लाका १ महिला र ७ पुरूष गरी ८ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै बारा जिल्लाका २ महिला र ५ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ भने रौतहट जिल्लाका ४ जना परूषमा पनि संक्रमण पुष्टि भएको छ ।
पर्साका संक्रमितमा जगरनाथपुर गाउँपालिका वडा नम्बर ६ का २० देखि ५५ वर्ष उमेरसम्मका रहेका छन् । यसैगरी बाराको सुवर्ण गाउँपालिका र पचरौता नगरपालिकाका गाउँपालिका ३ वर्षीय बालिकादेखि ३० वर्षसम्मका ७ जना संक्रमित रहेको उपाध्यायले बताए ।
यस्तै रौतहटको गढीमाई नगरपालिका वडा नम्बर ३ का १७ , १८ र ४३ वर्षका पुरूषहरू रहेका छन् भन रौतहटकै गढीमाई नगरपालिका वडा नम्बर ३ का एक जना पुरुषमा पनि संक्रमण पुष्टि रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
-
बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण