अष्ट्रेलियाबाट नेपाल फर्कन चाहनेका लागि यस्तो छ ‘चार्टर सेड्यूल’
अष्ट्रेलिया । हाल अष्ट्रेलिया, न्यूजिल्याण्ड तथा प्रशान्त क्षेत्रमा रही नेपाल फर्कन फाराम भरेका नेपाली नागरिकहरुको लागि चार्टर उडानको व्यवस्था गरिएको अष्ट्रेलियास्थित नेपाली दूतावासले जनाएको छ ।
अष्ट्रेलियास्थित नेपाली दूतावासले बिहीबार सूचना जारी गर्दै नेपाल सरकार मन्त्रिपरिषद्बाट स्वीकृत ‘कोभिड–१९ विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश आउनैपर्ने अवस्थामा रहेका नेपाली
नागरिकहरूलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी आदेश २०७७’ अनुसार यही असार ३ गते बुधबार पहिलो र ८ गते सोमबार दोस्रो चार्टर उडानमार्फत पीडितलाई नेपाल पठाउन लागेको जानकारी गराएको हो ।
दूतावासले यात्रुको उपलब्धता तथा अन्य प्रतिकुल कारणहरुबाट उक्त उडान तालिकामा परिवर्तन हुन सक्नेपनि जनाएको छ । ८५ प्रतिशत अकुपेन्सी भएमात्र चार्टड उडान हुने दूतावासको भनाइ छ ।
नेपालीहरुलाई नेपाल ल्याउनका लागि नेपाल वायुसेवा निगमको जहाज प्रयोग गरिने र हवाइभाडा तथा उडान भर्ने शहरसम्बन्धी जानकारी चाडै उपलब्ध गराइने दूतावासको सूचनामा उल्लेख छ ।
राजदूतावासको सूचनाअनुसार ०२ जुन २०२० सम्म नेपाल फर्कने फाराम भरेका नेपाली नागरिकहरुमध्ये नेपाल सरकारले तोकेको प्राथमिकताका आधारमा प्रथम र दोस्रो सूचीमा परेका व्यक्तिहरुलाई टिकट खरिद प्रक्रियाका सम्बन्धमा राजदूतावासले सम्पर्क गर्नेछ ।
यसैगरी नेपाल फर्कने यात्रुहरुले पीसीआर र आरडीटी टेस्ट नेगेटिभ रहेको प्रमाण पेश गर्नु पर्नेछ । यस्तो परीक्षण दूतावासले जानकारी गराएपश्चात मात्र गर्न पनि दूतावासले अनुरोध गरेको छ ।
साथै यात्रुहरु नेपाल पुगेपछि नेपाल सरकारको नियमानुसार क्वारेन्टिनमा बस्नुपर्ने पनि सूचनामा भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निकासी आदेश पछि लेबनानमा इजरायली आक्रमण
-
‘एक व्यक्ति, एक पद’ लागू गर्न हुँदैन, यसले नेतृत्व विकास गर्दैन : नेता लामिछाने
-
वैकल्पिक भनिएका शक्तिहरू बिचार शून्य र विध्वंसात्मक बाटोमा लागे : राउत
-
प्रधानमन्त्री बालेनले संसदमा बोलेको कुरा रणनीतिक हो : विनोज बस्न्यात
-
असममा भारतीय वायुसेनाको विमान दुर्घटनामा ५ जनाको मृत्यु
-
उत्तरपश्चिमी पाकिस्तानमा भारी वर्षा, ४ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण