असममा भारतीय वायुसेनाको विमान दुर्घटनामा ५ जनाको मृत्यु
गुवाहाटी । असमको जोरहाटस्थित रौरिया सैन्य विमानस्थल (एयरबेस) मा शनिबार बिहान १० बजे अवतरणका क्रममा भारतीय वायुसेनाको एउटा विमान दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा पाइलटसहित ५ जना सैनिकको मृत्यु भएको छ भने एक कोपाइलट घाइते भएका छन् ।
वायुसेनाका अनुसार मृत्यु हुनेहरूमा स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र अग्निवीरवायु दानिस आलम रहेका छन्। घाइते को पाइलटको उपचार भइरहेको छ ।
अवतरणका क्रममा भयो दुर्घटना
यो दुर्घटना विमान एयरबेसमा अवतरण गर्ने प्रयास गरिरहेका बेला भएको हो । अवतरणका क्रममा विमानमा आगो लागेको र यो दुई टुक्रा भएको जनाइएको छ । दुर्घटनामा परेको विमान मालवाहक विमान हो, जसको प्रयोग सैनिक र सैन्य सामग्री ओसारपसारका लागि गर्ने गरिन्छ । दुर्घटनाको वास्तविक कारण भने अझै खुल्न नसकेको भास्करले लेखेको छ ।
भारतीय वायुसेनाले उक्त विमान नियमित उडानमा रहेको स्पष्ट पारेको छ । वायुसेनाले दुर्घटनाको विस्तृत छानबिनका लागि 'कोर्ट अफ इन्क्वायरी' को आदेश दिँदै प्रारम्भिक प्रतिवेदन नआएसम्म यस विषयमा कुनै पनि अड्कलबाजी नगर्न अनुरोध गरेको छ ।
समाचार एजेन्सी एएनआईका अनुसार भारतीय वायुसेनाले आफ्ना पुराना मालवाहक विमानहरूलाई नयाँ विमानद्वारा विस्थापित गर्ने प्रक्रिया अघि बढाउने तयारी गरिरहेको छ । भविष्यमा सैनिक, हतियार र अन्य सैन्य सामग्री ढुवानीका आवश्यकताहरू सुरक्षित रूपमा पूरा गर्न नयाँ 'मिडियम ट्रान्सपोर्ट एयरक्राफ्ट' खरिद गर्ने योजना बनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेरो फेवरेट देशले विश्वकप खेलेकै छैन – प्रधानमन्त्री
-
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा ६ जनाको उम्मेदवारी, निर्वाचनबाट नयाँ नेतृत्व चयन हुने
-
४० हजार घुससहित मनाङका नायव सुब्बा पक्राउ
-
रास्वपा बागमतीको नेतृत्व चयन गर्न मतदान सुरु
-
पाकिस्तानको दाबी – अमेरिका–इरानबिच २४ घण्टाभित्र सम्झौता हुनसक्छ
-
पाल्पामा ८४२ एचआइभी सङ्क्रमित फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण