उपचारको क्रममा मृत्यु भएका ५ वर्षीय बालकमा कोरोना संक्रमण पुष्टि
उपचारको क्रममा शुक्रबार वीरगन्ज हेल्थ केयर हस्पिटलमा मृत्यु भएका ५ वर्षीय बालकमा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्थायी कोभिड अस्पतालका कोर्डिनेटर डा. उदयनारायण सिंहका अनुसार शुक्रबार अपरान्ह स्वाब लिइएको ती बालकको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो ।
बाराको निजगढ नगरपालिका–६ योजनाटोल निवासी ती बालकलाई शुक्रबार बिहान ११ बजेतिर वीरगन्ज हेल्थ केयर हस्पिटलमा ल्याइएको थियो । ‘बालकमा निमोनिया र ज्वरो देखिएपछि आकस्मिक कक्षमै आरडीटी परिक्षण गरिएको थियो,’ हेल्थ केयर अस्पतालका सञ्चालक डा. अबुल हैस अन्सारीले भने, ‘आरडीटी पोजिटिभ आएपछि उनलाई आइसोलेसन वार्डमा सारेर नारायणी अस्पतालको टोली बोलाइएको थियो ।
नारायणीको टोलीले गरेको आरडीटी परीक्षण पनि पोजिटिभ आएपछि थ्रोट स्वाब संकलन गरिएको थियो । नारायणी अस्पतालको ल्याबमा टेस्ट रिपोर्ट पोजिटिभ आएको डा. उदयनारायण सिंहले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
-
बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण