बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

पहिराले मुहान पुरिएपछि खानेपानीको हाहाकार

शनिबार, ३१ जेठ २०७७, १७ : ५२
शनिबार, ३१ जेठ २०७७

म्याग्दी । मालिका गाउँपालिका–४ सिस्नेरीमा पहिराले मुहान पुरेपछि खानेपानीको हाहाकार भएको छ । बन्दरमूल खानेपानी आयोजनाको महखोलास्थित मुहान शुक्रबार राति वर्षापछि खसेको पहिराले पुरिएको हो । पहिराले मुहान पुरिएपछि २६ घरधुरीमा खानेपानीको अभाव भएको उपभोक्ता समितिका अध्यक्ष बालकुमार सुनारले बताए ।

‘गाउँमा अन्य खानेपानीको स्रोत छैन’ उनले भने– ‘मुहान पुरिएपछि खानेपानीको हाहाकार भएको छ ।’ निरन्तर खसिरहेको पहिराले डुण्डुरको अर्को पाइप पनि बगाएको छ । दुई वर्षअघि मालिका गाउँपालिकाअन्तर्गत सञ्चालित पश्चिम नेपाल खानेपानी तथा सरसफाइ परियोजनाअन्तर्गत करिब रु ३० लाखको लागतमा आयोजना निर्माण भएको थियो । निजी धारामार्फत घरघरमा खानेपानी वितरण गरिएको थियो । 

धारामा पानी आउन छाडेपछि मानिसलाई उपभोग गर्न, सरसफाइ, नुहाउन, कपडा धुन र गाईबस्तुलाई खुवाउन समस्या भएको छ । आयोजना मर्मत र वैकल्पिक व्यवस्थाका लागि वडा र गाउँपालिका कार्यालयमा अनुरोध गरेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप