पहिराले मुहान पुरिएपछि खानेपानीको हाहाकार
म्याग्दी । मालिका गाउँपालिका–४ सिस्नेरीमा पहिराले मुहान पुरेपछि खानेपानीको हाहाकार भएको छ । बन्दरमूल खानेपानी आयोजनाको महखोलास्थित मुहान शुक्रबार राति वर्षापछि खसेको पहिराले पुरिएको हो । पहिराले मुहान पुरिएपछि २६ घरधुरीमा खानेपानीको अभाव भएको उपभोक्ता समितिका अध्यक्ष बालकुमार सुनारले बताए ।
‘गाउँमा अन्य खानेपानीको स्रोत छैन’ उनले भने– ‘मुहान पुरिएपछि खानेपानीको हाहाकार भएको छ ।’ निरन्तर खसिरहेको पहिराले डुण्डुरको अर्को पाइप पनि बगाएको छ । दुई वर्षअघि मालिका गाउँपालिकाअन्तर्गत सञ्चालित पश्चिम नेपाल खानेपानी तथा सरसफाइ परियोजनाअन्तर्गत करिब रु ३० लाखको लागतमा आयोजना निर्माण भएको थियो । निजी धारामार्फत घरघरमा खानेपानी वितरण गरिएको थियो ।
धारामा पानी आउन छाडेपछि मानिसलाई उपभोग गर्न, सरसफाइ, नुहाउन, कपडा धुन र गाईबस्तुलाई खुवाउन समस्या भएको छ । आयोजना मर्मत र वैकल्पिक व्यवस्थाका लागि वडा र गाउँपालिका कार्यालयमा अनुरोध गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण