रुकुममा दलित महिला सदस्यको मृत्यु
बुधबार, ०३ असार २०७७, २२ : ३२
रुकुम पूर्व । भूमे गाउँपालिका वडा नं ४ का दलित महिला सदस्य धनिसरा कामीको आज बाटामा लडेर मृत्यु भएको छ ।
वडा कार्यालयबाट गाउँपालिकाको कार्यालय खाबाङ बजार जाँदै गर्दा लडेर गम्भीर घाइते भएपछि घर ल्याउन खोज्दा उनको बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व)का प्रहरी निरीक्षक दिनेश गुरुङले जानकारी दिए ।
सो क्षेत्रमा वर्षा भइरहेकाले घटनाको विस्तृत विवरण आउन कठिनाइ भएको प्रहरीले जनाएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण