दबंगका निर्देशकको आरोपपछि सलमान खानको परिवारद्वारा मानहानीको मुद्दा दर्ता
शुक्रबार, ०५ असार २०७७, १४ : ११
सुशान्त सिंहको मृत्युपछि बलिउडमा आरोप–प्रत्यारोप चलि नै रहेको छ । गत हप्ता अनुराग कश्यपका भाइ अभिनवले सलमान खान र उनका भाइलगायत पूरा परिवारले उनको करियर बर्बाद गरेको आरोप लगाएका थिए । अब अरबाज खान र सोहेले खानले उनलाई कानूनी उपचारमार्फत् जवाफ फर्काएका छन् । उनीहरुले अभिनव सिंह कश्यपविरुद्ध मानहानिको मुद्दा दर्ता गरेका छन् ।
बलिउड हंगामासँगको कुराकानीमा अरबाजले यसबारे कुरा गरेका छन् । अरबाजका अनुसार अभिनवले फिल्मबाट हटाइएको र खान दाजुभाइसँग मतभेदको विषयमा पोस्ट गरेलगत्तै आफूले कानूनी कारवाही गर्न चाहेका थिए । अरबाजका अनुसार दबंग टुमा काम सुरु गरेपछि उनको अभिनवसँग कुनै प्रकारको कुरा भएको छैन । यस्ता कुराहरु कहाँबाट आइरहेका छन् मलाई थाहा छैन तर पहिले पनि हामीले उनीविरुद्ध मानहानीको मुद्दा दर्ता गर्नेबारे सोचेका थियौं ।।’
यो पनिः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टर्कीएका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत
-
काठमाडौँको ठुलो भर्याङबाट नक्कली परीक्षार्थी पक्राउ
-
शनिबारदेखि साइग्रेसको ‘वर्ड टुर विद् साइग्रेस’
-
लोकसभा निर्वाचनः दोस्रो चरणमा १३ राज्यमा ८८ सीटमा मतदान सुरु
-
बेँसीसहर–खुदी सडक कालोपत्र सम्पन्न
-
काठमाडौँमा फेरि वायु प्रदूषण बढ्यो, बन्यो विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर