६ दिनमा १४ अर्ब ६५ करोड राजस्व संकलन
लकडाउनले प्राभावित बनेको राजस्व संकलन पछिल्लो ६ दिनमा १४ अर्ब ६५ करोड रुपैयाँ संकलन भएको छ । जेठ एक महिनामा ४० अर्ब ६० करोड रुपैयाँ राजस्व संकलन गरेको सरकारले बैशाखमा भने जम्मा १६ अर्ब रुपैयाँमात्र राजस्व संकलन गरेको महालेखा नियन्त्रकको कार्यालयको तथ्यांक छ ।
कठोर लकडाउन भोगेको वैशाखमा कम राजस्व संकलन भएको थियो । सरकारलाई अहिले खर्च जोहो मै समस्या छ । सरकारले राजस्व उठाउने समय पटक—पटक पछि सारेतापनि पछिल्लो समय असार ७ गतेसम्म राजस्व बुझाउन सूचना जारी गरेको थियो । तर यता सर्वोच्च अदालतले लकडाउन पूर्ण रुपमा खुलेको ३० दिनपछि मात्र कर उठाउन निर्देशन दिएपछि अहिले सरकार दबाब दिएर कर उठाउन सक्ने पक्षमा छैन ।
तर, अर्थमन्त्रालयका पदाधिकारीले ठूला—ठूला व्यवसायीलाई कर तिर्न फोन मार्फत नै आग्रह गर्न थालेका छन् । व्यवसायीले आग्रह पालना गर्दै कर तिर्न थालेका छन् । यता बैंकहरुले पनि कर तिर्ने भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोमबार कुन-कुन राशिलाई मिल्ला लाभ ? हेर्नुहोस् राशिफल
-
नगरपालिका भवन पुनर्निर्माण नहुँदा काममा बाधा
-
‘आतङ्कवादलाई समर्थन गरेको’ अभियोगमा प्यालेस्टिनी पत्रकारलाई २० महिना जेल सजाय
-
खल्ला मसेटीमा स्वास्थ्य शिविर सम्पन्न
-
सिमकोट गाउँपालिकाद्वारा २० विद्यालयलाई ल्यापटप वितरण
-
मध्यपूर्वमा पुनः युद्धको शंखघोषः इरानद्वारा इजरायलमाथि मिसाइल प्रहार, गाजाका सबै नाका बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण