शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

६ दिनमा १४ अर्ब ६५ करोड राजस्व संकलन

ठूला व्यवसायीलाई कर तिर्न फोनमार्फत् नै आग्रह
सोमबार, ०८ असार २०७७, १४ : २८
सोमबार, ०८ असार २०७७

लकडाउनले प्राभावित बनेको राजस्व संकलन पछिल्लो ६ दिनमा १४ अर्ब ६५ करोड रुपैयाँ संकलन भएको छ । जेठ एक महिनामा ४० अर्ब ६० करोड रुपैयाँ राजस्व संकलन गरेको सरकारले बैशाखमा भने जम्मा १६ अर्ब रुपैयाँमात्र राजस्व संकलन गरेको महालेखा नियन्त्रकको कार्यालयको तथ्यांक छ । 

कठोर लकडाउन भोगेको वैशाखमा कम राजस्व संकलन भएको थियो । सरकारलाई अहिले खर्च जोहो मै समस्या छ । सरकारले राजस्व उठाउने समय पटक—पटक पछि सारेतापनि पछिल्लो समय असार ७ गतेसम्म राजस्व बुझाउन सूचना जारी गरेको थियो । तर यता सर्वोच्च अदालतले लकडाउन पूर्ण रुपमा खुलेको ३० दिनपछि मात्र कर उठाउन निर्देशन दिएपछि अहिले सरकार दबाब दिएर कर उठाउन सक्ने पक्षमा छैन ।

तर, अर्थमन्त्रालयका पदाधिकारीले ठूला—ठूला व्यवसायीलाई कर तिर्न फोन मार्फत नै आग्रह गर्न थालेका छन् । व्यवसायीले आग्रह पालना गर्दै कर तिर्न थालेका छन् । यता बैंकहरुले पनि कर तिर्ने भनेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप