सेयर बजारको उपचार गर्न मौद्रिक नीतिमा यस्तो व्यवस्था गरिदै
आगामी आर्थिक वर्षको मौद्रिक नीति सेयर बजारको उपचार गर्ने गरी आउने नेपाल राष्ट्र बैकका गर्भनरले बताएका छन् । गर्भनर महाप्रसाद अधिकारीले मौद्रिक नीतिले पेमेन्ट सेटलमेन्टको कठिनाई क्लियर गर्ने बताए ।
उनले भने, ‘अहिले खासगरी ३/४ वटा विषयहरु उहाँहरुले ल्याउनुभएको छ । एउटा पेमेन्ट सेटलमेन्टको लागि त्यहाँ भएको ट्रेडिङ अमाउण्ट सजिलै अनलाइन मार्फत पेमेन्ट होस भन्ने छ । त्यसका लागि व्यवस्था पनि छ नभएको होइन तर त्यसलाई सञ्चालन गर्न केही अबरोध रहेछन् । तिनलाई हामी क्लियर गर्न खोजिरहेका छौँ । त्यो चाँही केही प्राविधिक कारण हो । व्यवस्था नभएको होइन्, १० लाख भन्दा माथिको पनि पेमेन्ट अनलाइन, खासगरी मोबाइल बैंकिङ मार्फत होस् भन्ने खालको कुरा छ । त्यसलाई हामी थप सरल गर्छौँ ।’
‘त्यसैगरी १ सय ८० दिनको एभरेज प्राइसलाई १ सय २० दिनमा झार्नुपर्ने, मार्जिनको विषयमा लोन टु भ्यालु रेसियोलाई एडजस्ट गर्नुपर्ने जस्ता विषय छन् । त्यस्तै मार्जिन कलको केही मार्जिन गर्दा पनि हुने व्यवस्था हुनुपर्ने जस्ता कुराहरु राख्नु भएको छ । कोभिडले सबैलाई असर पारेको छ । त्यसमा लगानीकर्ताहरु पनि छन्,’ उनले भने । न्युज एजेन्सी नेपालसँगको अन्तरवार्तामा गर्भनरले सेयर बजारका विषयमा यस्तो बताएका हुन् ।
‘उहाँहरुले कर्जा लिनुभएको छ भने कर्जालाई अहिले तिर्न नसक्ने अवस्था रहेको तथ्य हो । यी सबैकुरालाई मिलाएर ट्रिटमेन्ट ल्याउँछौँ । त्यसमा क्यापिटल मार्केटका लगानीकर्ताहलाई पनि छुटाउँदैनौँ । हामी मोद्रिक नीतिमा यस क्षेत्रलाई पनि यथेष्ट सम्बोधन गर्ने पक्षमा छौँ,’ उनी भन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण