शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

‘दिल्लीतर्फ लागेको सलहको झुण्ड नेपाल भित्रियो भने समस्या हुनसक्छ’

आइतबार, १४ असार २०७७, २० : १२
आइतबार, १४ असार २०७७

काठमाडौं । सरकारले सलह किराको खतरा बढिरहेको जनाएको छ । दक्षिणबाट उत्तरतिर वग्ने वायुको चाप अझै दुुई तीन हप्ता रहने भएकाले भारतबाट अझै सलह किरा आउने सम्भावना रहेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जानकारी दिएको हो ।

आज आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले नेपालमा अहिले देखिएको सलह किराबाट त्यति खतरा नदेखिएको तर भारतबाट आउने सम्भावना रहेको किराको थप समूहले भने खतरा बढ्ने जानकारी दिए ।

‘अहिले भारतबाट सलह सानो सानो झुण्डमा नेपाल प्रवेश गरेको छ, यो एक ठाउँमा बस्दैनन्, डुलिरहने हुनाले क्षति गर्ने सम्भावना कम छ तर अझै नआओस् भनेर मन्त्रालय सतर्क छ’ उनले भने । प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव हुमागाँइले पनि राजस्थानबाट दिल्लीतर्फ ठूलो झुण्ड गएको खबर प्राप्त भएको र यदि त्यो झुण्ड नेपाल भित्रियो भने समस्या हुने बताए । तर त्यतिबेलासम्म वायुको चाप परिवर्तन पनि हुनसक्ने भन्दै उनले उक्त झुण्ड नआओस् भन्न्नेतर्फ सतर्क रहनुपर्ने बताए ।

अहिलेसम्म बारा, पर्सा, सर्लाही, भैरहवा, पाल्पा, कपिलवस्तु, सिन्धुली, रामेछाप लगायतका जिल्लामा सलह देखिएको बताउदै उनले यसले ठाउँ परिवर्तन गर्ने भएकाले अरु जिल्लामा पनि जान सक्ने सम्भावना रहेको जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप