विश्वका सय बढी प्रतिष्ठित व्यक्तिहरुको आह्वान– कोभिड-१९ खोप विश्वभर निःशुल्क बाँडौं
एजेन्सी । १८ जना नोबेल पुरस्कार बिजेताहरुसहित विश्वका १०० भन्दा बढी प्रतिष्ठित व्यक्तित्वहरुले अन्तर्राष्ट्रिय समुदायका लागि निःशुल्क रुपमा कोभिड १९ खोप बनाउन आह्वान गरेका छन् । उनीहरुले संयुक्त रुपमा जारी गरेको पत्रमा संसारभरका मानिसहरुको भलाई लागि निःशुल्क खोप उपलव्ध गराउन आग्रह गरिएको ढाकास्थित युनुस सेन्टरले जानकारी दिएको छ । यो सेन्टर नोबेल पुरस्कार विजेता मुहम्मद युनुसले स्थापित गरेको प्रतिष्ठित संस्था हो । सो आह्वान गर्नेहरुमा विश्वका थुप्रै देशका पूर्व राष्ट्रपति, राजनेता, प्रतिष्ठित कलाकार र अन्तर्राष्ट्रिय संघ संगठनहरु रहेका छन् ।
उक्त सूचीमा डेसमन्ड टुटु, मलाला युसफजई, जर्ज क्लुन, थोमस बाक, मिखाइल गोर्बाचेभ, आन्र्डिया बोसेली जस्ता प्रतिष्ठित व्यक्तित्वहरु रहेका छन् । आइतबार जारी गरिएको विज्ञप्तिमा भनिएको छ– ‘हामी सरकारहरु, समाजसेवी, सामाजिक व्यक्तित्व, व्यापारीहरुका अगाडि आएका छौं । विश्वव्यापी रुपमा यो खोप निःशुल्क रुपमा वितरण गर्न अपिल गर्छौं । हामी सबै सामाजिक, राजनीतिक र स्वास्थ्य उद्यमीहरुलाई विश्वभर रहेका कमजोर मानिसहरुलाई जोगाउन र उनीहरुमाथिको सामूहिक उत्तरदायित्वको लागि एकजुट हुन आह्वान गर्दछौं ।’
कोभिड–१९ खोप बनाउनका लागि चीन, बेलायत, अमेरिका लगायतक मुलुकहरु लागिरहेका छन् । यो सालको अन्ततिर खोप बन्ने अपेक्षा गरिएको छ । श्रोतः दैनिक जागरण हिन्दी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राजिलमा बन्जी जम्पका क्रममा डोरी बाँध्न बिर्सिएर पुलबाट खसाउँदा युवतीको मृत्यु
-
पिसिएम कप प्लस टु बास्केटबलको छात्र र छात्रा दुवैतर्फको उपाधि एमिसीलाई
-
काठमाडौँका सबै भवन ५ वर्षभित्र विपद् उत्थानशील बनाइने
-
धवल शमशेर र दुर्गा प्रसाईंको नेतृत्वमा नयाँ पार्टी घोषणाको तयारी, तस्बिरहरू
-
रात्रिकालिन यातायात विस्तार गर्ने काठमाडौँ महानगरको योजना
-
भैरहवाका क्रियाशील पत्रकार अरुण ज्ञवालीको ५४ वर्षको उमेरमा निधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण