सरोज खानः १३ वर्षको हुँदा ४३ वर्षे डान्सरसँग गरेकी थिइन् विवाह, कास्टिङ काउचको गरेकी थिइन् समर्थन
बलिउडकी दिग्गज कोरियोग्राफर सरोज खानको ७१ वर्षको उमेरमा बिहिबार अबेर राती मुम्बईको एक अस्पतालमा निधन भएको छ ।
दुई हजार बढी गीतमा कोरियोग्राफ गरिसकेकी सरोज खानको जन्म सन् १९४८ नोभेम्बर २२ मा हिन्दु परिवारमा भएको थियो । सरोज खानको वास्तविक नाम निर्मला नागपाल हो ।
विभाजनपछि सरोजको परिवार पाकिस्तानबाट भारत आएको थियो । उनी तीन वर्षको हुँदा बाल कलाकारको रुपमा सरोजले ‘नजराना’ फिल्ममार्फत् करियरको सुरुवात गरेकी थिइन् । स्कूल जाने उमेरमा सरोजले ४३ वर्षका डान्सर सोहनलालसँग विवाह गरेकी थिइन् । सरोज खानको जब विवाह भयो तब उनी १३ वर्षकी थिइन् ।
सरोज खानको जीवन निकै संघर्षपूर्ण रह्यो । सुरुवातमा सरोज खान ब्याकग्राउन्ड डान्सरको रुपमा काम गर्थिन् । सरोज खानको जोसँग विवाह भएको थियो उनी पहिले नै विवाहित र चार सन्तानका पिता थिए ।
सरोज र सोहनलालका एक छोरा राजु खान भनेर चिनिने हमिद खान छन् । यो जोडीको सम्बन्धविच्छेद भयो र पछि उनीहरु पुनः सँगै बस्न थाले । उनीहरुका हिना खान नामकी छोरी पनि छन् । सरोजले १४ वर्षको उमेरमा छोरा जन्माएकी थिइन् ।
सरोज र सोहनलालको विवाह धेरैसम्म टिक्न सकेन । यद्यपि, सोहनलालले छोडेपछि सरोजले सर्दार रोशन खानसँग विवाह गरिन् । उनीहरुका सुकैना नामकी छोरी छन् । सुकैनाको दुबईमा डान्स इन्स्टिच्युट छ ।
सरोजका जेठो सन्तानको जन्म सन् १९६३ मा भएको थियो । दोस्रो सन्तानलाई उनले सन् १९६५ मा जन्म दिइन् जसको ८ महिनापछि मृत्यु भयो । सन्तानको जन्मपछि सोहनलालले आफ्नो नाम दिन चाहेनन् तसर्थ सरोजले आफ्ना दुबै सन्तानलाई एक्लैले हुर्काएकी थिइन् ।
आफ्नो विवाहबारे सरोज खानले उनलाई त्यो उमेरमा विवाहबारे केही थाहा नभएको बताएकी थिइन् । उनले भनेकी थिइन्, ‘एक दिन मलाई नृत्य सिकाउने मेरा मास्टर सोहनलाल जीले मलाई गलामा कालो धागो बाँधिदिए त्यसपछि मेरा घरका सदस्यले ‘अब तिमी जाउ, उनी तिम्रा श्रीमान् हुन्’ भनेका थिए ।’
३० वर्षअघि रिलिज भएको फिल्म ‘तेजाब’ को गीत ‘एक दो तीन’ का कारण फिल्मफेयरले आफ्नो अवार्डमा एउटा भिन्न क्याटगोरी ‘बेस्ट कोरियोग्राफी’ बनायो । जसको अवार्ड सरोज खानले आफ्नो नाममा गरेकी थिइन् र भनियो, ‘कोरियोग्राफर सरोज खानले बलिउडमा आफ्नो गीतबाट राज गरेकी छिन् भन्दा फरक नपर्ला ।’
केही समयअघि सरोज खान कास्टिङ काउचबारे बयान दिएर नराम्रोसँग ट्रोल भएकी थिइन् । उनले भनेकी थिइन्, ‘कास्टिङ काउच इन्डष्ट्रिका लागि नयाँ कुरा होइन, यो त बाबा आदमको जमानदेखि नै हुँदै आएको छ । यद्यपि, इन्डष्ट्रिमा दुष्कर्मपछि महिलालाई त्यत्तिकै छोडिन्नँ, उनीहरुलाई काम र रोटी पनि दिइन्छ ।’
सरोज खानले मिस्टर इन्डियामा श्रीदेवीद्वारा अभिनित गीत हवा–हवाईबाट सफलता हात पारिन् । सन् २००२ मा देवदास, सन् २००६ मा श्रृङ्गारम र सन् २००७ मा जब वी मेटका लागि उनलाई कोरियोग्राफीका लागि राष्ट्रिय पुरस्कारमार्फत सम्मान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण