एनआरएनए मलेसियाले बुझायो विशेष ध्यानाकर्षणपत्र (पत्रसहित)
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाले समस्यामा परेका नेपालीलाई निःशुल्क उद्धारको व्यवस्था मिलाउन माग गर्दै क्वालालम्पुरस्थित नेपाली दूतावासलाई एक ध्यानाकर्षणपत्र बुझाएको छ ।
संघका अध्यक्ष हरि भट्टराई नेतृत्वको टोलीले मलेसियामा कामको शिलसिला आइ हाल बिरामी परेका तथा शारीरिक अंगभङ्ग भएका तर उपचार गर्ने पैसा नभएका तथा विभिन्न अस्पातलमा रहिआएका दर्जनौँ बिमारी पीडितहरुलाई छिटो भन्दा छिटो उद्धार गरी निःशुल्क नेपाल पठाउन दूतावाससँग अनुरोध गरेको छ ।
यसैगरी कोरोनाको समय अगावै कम्पनीद्वारा प्रदान गरिएका र श्रमिकहरुले आफै खरिद गरेका बिभिन्न एयरलाइन्सको टिकट भएका तर आजसम्म नेपाल जान नसकेका श्रमिकहरुलाई नेपाल फर्काउन विशेष पहल गर्न माग पनि संघले गरेको छ ।
सर्वोच्च अदालतले विदेशमा अलपत्र परेका श्रमिकहरुलाई श्रमिक कोषमा रहेको रकमबाट उद्धार गर्न दिएको आदेशलाई कार्यान्वयन गर्न, मलेसियामा ज्यान गुमाएका नेपालीको शवलाई स्वदेश पठाउन पहल गर्न, हवाइ भाडादर घटाउन तथा मलेसियाबाट छुट्टीमा नेपाल गएका हजारौं नेपाली कामदारलाई फर्काउन पहल कमदी लिन पनि दूतावासलाई ध्यानाकर्षण गरिएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण