विभाजित विश्वले कोरोना महामारीमाथि विजय हासिल गर्न सक्दैन– विश्व स्वास्थ्य संगठन
एजेन्सी । संयुक्तराज्य अमेरिका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)बाट औपचारिक रूपमा फिर्ता हुन थालेपछि यस कदमले वर्तमान कोरोना भाइरसविरूद्धको विश्वव्यापी अभियानलाई प्रभावित पार्नसक्ने भन्दै राष्ट्रसंघीय उक्त निकायले संयमित बन्न सम्वद्ध सबैलाई आग्रह गरेको छ ।
‘विभाजित संसारले कोरोनाभाइरस सङ्कटलाई जित्न सक्दैन’ विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अधानोम गेबे्ररियससले बिहीबार भने । विश्वलाई बन्धक बनाउने भाइरसलाई दुश्मनको सज्ञा दिँदै उनले राष्ट्रसंघीय स्वास्थ्य निकायको जिनेभास्थित मुख्यालयमा गरिएको पत्रकार सम्मेलनमा भने, “हामी यस महामारीलाई विभाजित संसारको रूपमा हराउन सक्दैनौं । दुश्मनलाई फाइदा दिन चाहँदैनौं भने सहकार्य नै यसको समाधान हुनेछ ।”
यसैबीच समस्यालाई थप सहज रूपमा समाधान खोज्न भन्दै डब्लुएचओले महामारी प्रतिरोध समितिको गठन पनि गरेको छ । अमेरिकाले कोरोनाभाइरस सङ्कटसम्बन्धी विषयमा विश्व स्वास्थ्य संगठनको भूमिकालाई लिएर आलोचना गरेपछि न्यूजील्याण्डका पूर्व प्रधानमन्त्री हेलेन क्लार्क र लाइबेरियाका पूर्व राष्ट्रपति एलेनजनेनसोन सरलिफको नेतृत्वमा महामारी प्रतिरोधका लागि स्वतन्त्र समितिको गठन भएको हो ।
जिम्मेवारीबारे बोल्दै डब्ल्यूएचओ प्रमुख गेब्रियससले भने, “के भएको छ भन्ने सत्यतालाई बुझ्न र हाम्रो मानवता अझ राम्रो बनाउन नयाँ उपायहरूको खोजीमा समितिले काम गर्दै विश्वलाई प्रकाश पार्र्नेछ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
-
सुस्तामा भारतीय सीमा सुरक्षा बलको हस्तक्षेपविरुद्ध माओवादीको प्रदर्शन (तस्बिरहरु)
-
कांग्रेसको संस्थापन इतर पक्षले भोलि आइतबार विराटनगरमा भेला गर्दै
-
नेपाल र चीनका पाँच दर्जन सगरमाथा आरोही बेजिङमा सम्मानित
-
एआई क्रान्तिको अँध्यारो पक्ष : १० किलोमिटरसम्म फैलिँदैछ ‘हट जोन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण