नयाँ आईजीपीलाई बधाई दिन प्रधानसेनापति पहिलोपटक प्रहरी हेडक्वार्टरमा
काठमाडौँ । प्रधानसेनापति पुर्णचन्द्र थापा प्रहरी प्रधान कार्यालय, नक्साल पुगेर नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीलाई बधाई तथा शुभकामना दिएका छन् ।
भेटघाटका अवसरमा प्रधानसेनापति थापा र आईजीपी थापा क्षेत्री बीच दुबै संगठन बीच आपसी हित, सहकार्य र समन्वयका सम्बन्धमा छलफल समेत भएको थियो ।
शुक्रबार प्रहरी मुख्यालय नक्साल पुगेका प्रधानसेनापति थापालाई नवनियुक्त आईजीपीले मायाको चिनो स्वरूप ‘मोमेन्टो’ प्रदान गरे थिए भने प्रधानसेनापति थापाले आईजीपीलाई अनुभव र ज्ञानको संगालो रहेका पुस्तकहरू र राष्ट्रको सुरक्षाको संकेतको रुपमा रहेको राष्ट्रिय हतियार खुकुरी समेत प्रदान गरेका थिए ।
प्रधानसेनापति प्रहरी मुख्यालयमै पुगेर नयाँ आइजीपीलाई यसरी बधाई तथा शुभकामना दिएको पहिलो पटक हो । स्वच्छ प्रक्रियाबाट आईजीपी बनेका थापा क्षत्रीलाई हौसला दिन सेनापति प्रहरी हेडक्वार्टर पुगेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण