नर्दन टेरोटोरी अस्ट्रेलियाको अध्यक्षमा युवराज पन्त निर्वाचित
अस्ट्रेलिया । अस्ट्रेलियाको उत्तरी भेगमा बसोवास गर्ने नेपालीहरुको संस्था नेप्लिज एसोसिएसन अफ नर्दन टेरोटोरीको अध्यक्षमा युवराज पन्त निर्विरोध निर्वाचित भएका छन् । यस्तै अन्य सबै कार्यसमिति पनि निर्विरोध चयन भएकाे छ ।
शुक्रबार नर्दन टेरोटोरीमा भएको निर्वाचनबाट पन्तको अध्यक्षतामा ५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
संस्थाको उपाध्यक्षमा राजीव थापा र कोषाध्यक्ष राजन बस्नेत रहेका छन् ।
यसैगरी कार्यसमितिका सदस्यहरुमा परेश राज घिमिरे, गुन्जन उपाध्याय रहेका छन् ।
सो क्षेत्रमा हाल करिब ५ हजारको हाराहारीमा नेपालीहरुको बसोबास रहेको छ ।

अस्ट्रेलियामा सन् २००८ देखि नै क्रियाशिल नेपालीहरुको छाता संस्था नेप्लिज एसोसिएसन अफ नर्दन टेरोटोरीले विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।
नेप्लिज एसोसिएसन अफ नर्दन टेरोटोरीले स्थानीय मुल प्रवाहका महोत्सव र पर्वहरुमा सकृया सहभागिता जनाउँदै आएको छ ।
यहाँको स्थानीय सरकार तथा विभिन्न सामाजिक संस्थासँग सहकार्य गरेर नेपाली समूदायको विकासका कार्यक्रमहरु पनि गरिरहेका छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेरो फेवरेट देशले विश्वकप खेलेकै छैन – प्रधानमन्त्री
-
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा ६ जनाको उम्मेदवारी, निर्वाचनबाट नयाँ नेतृत्व चयन हुने
-
४० हजार घुससहित मनाङका नायव सुब्बा पक्राउ
-
रास्वपा बागमतीको नेतृत्व चयन गर्न मतदान सुरु
-
पाकिस्तानको दाबी – अमेरिका–इरानबिच २४ घण्टाभित्र सम्झौता हुनसक्छ
-
पाल्पामा ८४२ एचआइभी सङ्क्रमित फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण