बाढीले ३३ घरपरिवार विस्थापित
आइतबार, २८ असार २०७७, २१ : ०२
अविरल वर्षाका कारण विराटनगर महानगरपालिका–१२ बखरीको सिमराही बस्तीमा केसलिया खोलाको पानी पस्दा ३० घरपरिवार आज विस्थापित भएका छन् ।
वडाध्यक्ष हीरालाल कामतले गएराति आएको अविरल वर्षाका कारण बाढी बस्तीमा पसेपछि डुबान हुँदा विस्थापित भएका ३० घर परिवारका करिब १५० जनालाई उद्धार गरी विद्यालयमा सुरक्षित बसोबासको व्यवस्था गरेका छन् । विस्थापित परिवारलाई महानगर तथा वडा कार्यालयले आवश्यक खाद्यान्न वितरण गरेको छ ।
यसैगरी वडा नं ६ ब्रह्पुरामा केसलिया खोला बस्तीमा पस्दा तीन घर डुबानमा परेका वडा प्रहरी कार्यालय विराटनगर ‘क’ का प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए ।
बाढीका कारण डुबानमा परेका घरपरिवार एवं स्थानीयलाई सुरक्षित स्थानमा राखिएको छ । खोला क्षेत्रमा बसोबास गर्नेलाई सर्तकता रहन प्रहरीले आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीको बजेट पारित, ३३ अर्बमा कुन मन्त्रालयलाई कति बजेट ?
-
‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान
-
ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार
-
चट्याङ लागेर एक महिलाको मृत्यु
-
असारे रोपाइँ महोत्सवले आकर्षित गर्यो विदेशी पर्यटक
-
साेमबार नेकपाको भर्चुअल बैठक बस्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण