शिवम् सिमेन्ट अब मोवाइल एपबाट पनि खरिद गर्न सकिने

काठमाडौं । नेपालकै अग्रणी सिमेन्ट कम्पनी शिवम् सिमेन्ट्स लिमिटेडले कोभिड १९को विषम परिस्थितीमा ग्राहकहरु माझ सिमेन्ट खरिद गर्नका लागि सिमेन्ट जगतमै पहिलो पटक “शिवम् मोवाइल एप” सार्वजनिक गरेको छ ।
जसअन्र्तगत ग्राहकहरुले गुगल प्ले स्टोर तथा आइओएस स्टोरबाटबाट शिवम् मोबाइल एप डाउनलोड गरी सहज प्रक्रियाका साथ सुपथ मुल्यमा आफुलाई चाहिएको परिमाणमा सिमेन्ट खरिद गर्न सक्नेछन् । साथै भुक्तानीको लागि खल्टी, ई सेवा, कनेक्ट आइपीएस वा क्यास अन डेलिभरीको सुविधा उपलव्ध गराएको छ ।
सिमेन्ट जगतमै पहिलो पटक नेपाल गुणस्तर प्रथम अवार्डबाट पुरस्कृत यस सिमेन्ट कम्पनीले निरन्तर रुपमा आफ्नो गुणस्तरीय उत्पादन गर्दै आईरहेको छ । कोरोना भाइरसले निम्त्याएको विषम परिस्थितिमा सबैको स्वास्थ्य सुरक्षाको निम्ति आवश्यक सामाजिक दुरी कायम रहोस् र हरेक किसिमका निर्माणहरुले पनि निरन्तरता पाओस् भन्ने उद्देश्यका साथ शिवम् सिमेन्टले यो एप संचालनमा ल्याएको हो । आधुनिक प्रविधिको माध्यमबाट ग्राहकहरुले आफ्नो मोबाइलमा “शिवम् मोबाइल एप” डाउनलोड गरी सुनिश्चित भएर सहज, सरल तथा सुरक्षित तरिकाल घरमै बसेर शिवम् सिमेन्ट अर्डर गर्न सक्ने व्यवस्था मिलाएको हो ।
यस एपको माध्यमबाट ग्राहकहरुले गरेको अर्डरलाई कम्पनीले सहज व्यवस्थापनका साथ उचित मुल्यमा समयमै तोकिएको स्थानमा डेलिभरी दिनेछ । झन्झट रहित सरल अर्डर प्रक्रिया भएको र भुक्तानीका लागि विभिन्न सहज सुविधाहरु भएको हुनाले ग्राहकहरुको लागि शिवम् सिमेन्ट खरिद गर्न यो एप अत्यन्तै प्रभावकारी रहने विश्वास कम्पनीले लिएको छ । यस एप भित्र नै सिमेन्टको निश्चित मूल्य निर्धारण भएको हुनाले ग्राहकहरु मूल्यमा सुनिश्चित रहन सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपाधि छिनोफानोको मुखैमा नराम्ररी हार्यो एटलेटिको मड्रिड
-
सरकारले सगरमाथा दिवस साताव्यापी कार्यक्रम गरेर भव्य रूपमा मनाउने
-
मध्यराति काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा हावाहुरीसहितको वर्षा
-
१२ बजे, १२ समाचार : टेरामक्स प्रकरणमा ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दादेखि पेट्रोलियम पदार्थको मूल्य घट्योसम्म
-
माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा भट्ट चयन
-
टेरामक्स प्रकरण : ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दा