शनिबार, ०३ जेठ २०८२
ताजा लोकप्रिय

उपाधि छिनोफानोको मुखैमा नराम्ररी हार्‍यो एटलेटिको मड्रिड

शुक्रबार, ०२ जेठ २०८२, ०१ : १८
शुक्रबार, ०२ जेठ २०८२

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा एटलेटिको मड्रिड हारेको छ । लिगको उपाधि छिनोफानो हुनै लागेका बेला तेस्रो स्थानमा रहेको एटलेटिकोले ओसासुनाविरुद्धको खेलमा महत्वपूर्ण तीन अंक गुमाएको हो । 

ओसासुनासँग २-० ले पारजित भएसँगै एटलेटिको शीर्ष स्थानको बार्सिलोनाभन्दा १२ अंकले पछि परेको छ । दोस्रो स्थानको रियाल मड्रिडले भने अंक दुरी घटाएको छ । जहाँ चार अंकको अन्तर छ । 

घरेलु मैदानमा ओसासुनालाई जिताउन अन्टे बुदिमिर र एलेक्जान्द्रो काटेनाले गोल गरे । एटलेटिको निरिह बन्यो । यस्तै ला लिगाको अर्को खेलमा रायो भायकानो र रियाल बेटिसले २-२ को बराबरी खेल्दै अंक बाँडेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप