उपाधि छिनोफानोको मुखैमा नराम्ररी हार्यो एटलेटिको मड्रिड
शुक्रबार, ०२ जेठ २०८२, ०१ : १८
काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा एटलेटिको मड्रिड हारेको छ । लिगको उपाधि छिनोफानो हुनै लागेका बेला तेस्रो स्थानमा रहेको एटलेटिकोले ओसासुनाविरुद्धको खेलमा महत्वपूर्ण तीन अंक गुमाएको हो ।
ओसासुनासँग २-० ले पारजित भएसँगै एटलेटिको शीर्ष स्थानको बार्सिलोनाभन्दा १२ अंकले पछि परेको छ । दोस्रो स्थानको रियाल मड्रिडले भने अंक दुरी घटाएको छ । जहाँ चार अंकको अन्तर छ ।
घरेलु मैदानमा ओसासुनालाई जिताउन अन्टे बुदिमिर र एलेक्जान्द्रो काटेनाले गोल गरे । एटलेटिको निरिह बन्यो । यस्तै ला लिगाको अर्को खेलमा रायो भायकानो र रियाल बेटिसले २-२ को बराबरी खेल्दै अंक बाँडेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि कार्यान्वयनमा
-
यस्तो थियो पुष्पलालले तयार गरेको नेकपाको पहिलो घोषणा पत्र
-
चार लाख भारतीय रकमसहित पक्राउ
-
रुबियो र लाभरोभबिच भेटवार्ता : इरान र युक्रेन युद्धबारे महत्त्वपूर्ण छलफल
-
सुन र चाँदीको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
अमेरिकाद्वारा इरानमाथि सैन्य कारबाही तीव्र, पहिलो पटक बी–१ बमवर्षक विमान प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण