आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय

निर्देशक अनुराग कश्यपले भने, ‘'यो कंगना' मैले सहन सकिरहेको छैन’

मङ्गलबार, ०६ साउन २०७७, १४ : ३८
मङ्गलबार, ०६ साउन २०७७

बलिउड फिल्म निर्देशक अनुराग कश्यपले ट्वीटरमा बलिउड अभिनेत्री कंगना रनौतको विषयमा अर्को एउटा ट्वीट गरेका छन् ।

कंगनाले सुशान्त सिंह राजपूतको मृत्युको विषयमा नेपोटिजम र मुभी माफियाजस्ता विषयमा लगातार आफ्नो धारणा व्यक्त गरिरहेकी छिन् ।

उनको यस्तो व्यवहारमा सोसल मिडियामा उनको नकारात्मक टिप्पणी गरिरहेका छन् भने कतिले उनको समर्थन पनि गरिरहेका छन् ।

अनुराग कश्यपले ट्वीट गरे, ‘हिजो कंगना रनौतको अन्तरवार्ता हेरेँ । एक समय उनी मेरो निकै मिल्ने साथी थिइन् । मेरो हरेक फिल्ममा मेरो हौसला बढाउँथिन् । तर यो नयाँ कंगनालाई म चिन्दिनँ र उनको यो डरलाग्दो अन्तर्वार्ता पनि देखेँ जुन मणिकर्णिकाको रिलिज लगत्तैको हो । ’

अनुरागले दोस्रो ट्वीटमा लेखे, ‘सफलता र शक्तिको नशाले हरेकलाई बराबर रुपमा बहकाउँछ, चाहे उनीहरु इनसाइडर हुन् वा आउटसाइडर । ‘मबाट सिक्नुहोस्, मजस्तो बन्नुहोस्’ यस्तो कुरा मैले सन् २०१५ पछि उनको मुखबाट कहिले पनि सुनेको थिइनँ । तर त्यतिबेलादेखि अहिलेसम्म कुरा यहाँसम्म पुगिसक्यो । यो सबै चाप्लुसी र मतलबी हो ।’

अनुरागले कंगनालाई मानिसहरुले प्रयोग गरिरहेको आरोप लगाएका छन् ।

उनले ट्वीट गरे, ‘म बोल्नेछु, कंगना सीमा नाघ्यो । यदि यो कुरा तिम्रा घर परिवारले देखेका छैनौं, तिम्रा साथीभाइले पनि देखेका छैनन् भने साँचो यो हो कि सबैले तिम्रो प्रयोग गरिरहेका छन् र तिम्रो आज कोही पनि आफ्नो छैन । बाँकी तिम्रो मर्जी, मलाई जति गाली गर्नु छ गर ।’

टिम कंगनाले पनि अनुरागलाई ट्वीटरमार्फत् जवाफ दिएकी छिन् । टिम कंगनाले लेखिन्, ‘यो मिनी महेश भट्ट कंगनालाई भनिरहेका छन् कि उनी नक्कली मानिसहरुसँग घेरिएकी छिन्, जसले उनको प्रयोग गरिरहेका छन् । राष्ट्रविरोधी र अर्बन नक्सलले जसरी आतंवकवादीसँग बचाउ गरिरहेका छन्, त्यसै गरी उनले अब मुभी माफियालाई बचाइरहेका छन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप