आँपको रुखबाट लडेर मृत्यु
बिहीबार, ०८ साउन २०७७, २२ : २५
सिरहा । सिरहाको मिर्चैया नगरपालीका ६ जिवामा आँपको रुखबाट लडेर एक जनाको ज्यान गएको छ । आफ्नै आँपको बगैचामा आँप टिप्ने क्रममा रुखबाट लडेर घाइते भएका सोही नगरपालीका ५ पासवान टोलका ६० वर्षिय तनुकलाल पासवानको विहिवार अपरान्ह ज्यान गएको हो ।
रुखबाट लडेर सख्त घाइते भएका पासवानको उपचारको लागि मिर्चैया बजार ल्याउने क्रममा बाटोमै ज्यान गएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डिएसपी सन्तुलाल जयसवालले जानकारी दिए । अस्पताल पुर्याउँदा उनको मृत्यु भइसकेको थियो ।
पासवानको शव शल्य परीक्षणको लागि लहानस्थित रामकुमार उमाप्रसाद मुरारका स्मारक अस्पतालमा राखिएको जनाइएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण