पृथ्वी राजमार्ग पुनः अवरुद्ध

पृथ्वी राजमार्गअन्तर्गत दमौली डुम्रे सडकखण्ड पुनः अवरुद्ध भएको छ । राजमार्गको सडक भाँसिएपछि बनाइएको वैकल्पिक मार्गमा सवारी साधन फसेर पृथ्वी राजमार्ग पुनः अवरुद्ध भएको हो ।
अविरल वर्षा पछि बन्दीपुर गाउँपालिका–१ स्थित नालामा सडक नै भाँसिएर पहिरो गएपछि यसअघि पनि राजमार्ग अवरुद्ध भएको थियो । यही साउन ४ र ५ गते पनि उक्त राजमार्ग अवरुद्ध भएपछि लामो समय लगाएर सञ्चालनमा ल्याइएको थियो ।
पहिरोले राजमार्गको सडक नै बगाएपछि वैकल्पिक मार्ग बनाइएको थियो । उक्त वैकल्पिक मार्गमा ग्राबेल नगरेका कारण हिलो हुँदा सवारी साधन फसेपछि राजमार्ग अवरुद्ध भएको बन्दीपुर–१ का वडाध्यक्ष भानुभक्त पोख्रेलले जानकारी दिए ।
उनले सवारी सञ्चालनमा ल्याउन कम्तीमा पाँच छ घण्टा लाग्ने अनुमान रहेको बताउनुभयो । तनहुँमा बिहीबार साँझदेखि अविरलरुपमा पानी परे पनि पृथ्वी राजमार्गको अन्य क्षेत्रमा अवरुद्ध नरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए ।
पानी परिरहे पनि कुनै क्षति भएको छैन । उनले भने, “अवरुद्ध राजमार्ग खुलाउन पहल भइरहेको छ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेरिस भन्छिन्- के तिमी पुरुष हौ ? यही एउटा प्रश्नले मेरो खेलजीवन र सबै सपना भताभुङ्ग पारिदियो
-
विप्लवको पार्टीको नाम ‘कम्युनिस्ट पार्टी नेपाल’ राख्नेबारे छलफल
-
युद्धविरामपछि कस्तो छ जम्मू र नियन्त्र रेखा नजिकको अवस्था ?
-
कांग्रेसले विश्व पौडेलको नाम दिएपछि गभर्नर छनोट प्रक्रिया फेरि सुरुकै चरणमा
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदन हेर्न नमिल्ने
-
युद्धविराम कायम राखेकोमा ट्रम्प खुसी