शुक्रबार, २९ जेठ २०८३
ताजा लोकप्रिय

गृहमन्त्रीकाे आश्वासनपछि सुजनले गरे धर्ना स्थगित

शुक्रबार, २९ जेठ २०८३, १९ : ०३
शुक्रबार, २९ जेठ २०८३

सारांश

  • गृहमन्त्रीको आश्वासनपछि सुजन विकले १ महिना लामो धर्ना स्थगित गरेका छन्।
  • गत वैशाख १० गते रत्ननगर बकुलर अस्पतालमा चिकित्सकको लापरबाहीले श्रीमतीको मृत्यु भएको र अस्पतालले पोस्टमार्टम रिपोर्ट नदिएको भन्दै उनी धर्नामा बसेका थिए।
  • गृहमन्त्रीले निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्ने आश्वासन दिएपछि उनी माइतीघरबाट फर्किएका हुन्।

काठमाडौँ । छोरासहित गृहमन्त्री सुधन गुरुङलाई मन्त्रालयमै भेट्न गएका सुजन विकले १ महिना देखिको धर्ना स्थगित गरेका छन् । 

श्रीमती प्रसूति गराउने क्रममा गत वैशाख १० गते रत्ननगर बकुलर अस्पतालमा चिकित्सकको लापरबाहीबाट आफ्नो श्रीमती अस्मिता तामाङ बिककाे मृत्यु भएकाे र हाल सम्म पनि मृत्यु हुनुमा हस्पिटलले कुनै पनि पोस्टमार्टम रिपोर्ट नदिएको भन्दै श्रीमान् सुजन बिक १ महिना देखि बच्चा लिएर माइतीघरमा धर्नामा बसेका थिए। 

बिहीबार गृहमन्त्री गुरुङले निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्ने आश्वासन दिएपछि उनी आज माइतीघरबाट फर्किएका हुन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप