शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

प्रतिनिधि सभामा अन्तर्राष्ट्रिय श्रम सम्बन्धी दुई वटा प्रोटोकल पेस

शुक्रबार, २९ जेठ २०८३, १८ : ५३
शुक्रबार, २९ जेठ २०८३

सारांश

  • श्रम निरीक्षण सम्बन्धी महामन्त्री १९४७ नम्बर ८१ र बाध्यकारी श्रम सम्बन्धी सन २०१४ को प्रोटोकल नम्बर २९ प्रतिनिधि सभामा पेस गरिएको छ ।
  • उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले उक्त दुई वटा अन्तर्राष्ट्रिय श्रम सम्बन्धी प्रोटोकल संसद्‌मा पेस गरेकी हुन् ।
  • श्रमिकको हितमा आवश्यक कानुनी व्यवस्था गर्न सरकारले यी प्रोटोकल संसद्‌मा पेस गरेको मन्त्री कुमारीले बताइन् ।

काठमाडौँ । सङ्गठनको श्रम निरीक्षण सम्बन्धी महामन्त्री १९४७ नम्बर ८१ र अन्तर्राष्ट्रिय श्रम सङ्गठनको बाध्यकारी श्रम महासन्धि १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नम्बर २९ पेस गरिएको छ । 

शुक्रबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको समेत कार्यभार सम्हालेकी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले प्रतिनिधि सभामा उक्त विषय संसद्‌मा पेस गरेकी हुन् ।

श्रमिकको हितमा आवश्यक कानुनी व्यवस्था गर्न सरकारले श्रम सम्बन्धी दुवै प्रोटोकल संसद्‌मा पेस गर्नुपरेको मन्त्री कुमारीले बताइन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप