खुँखार चोरको आँखा स्कुटरको डिकीमा
काठमाडौँ । सानिमा बैङ्कको नयाँ बानेश्वर शाखाबाट विजय (नाम परिवर्तन)ले एक लाख रुपैयाँ निकाले । सो रकम स्कुटरको डिकीमा राखेर संसद भवनको ३ नम्बर गेट अगाडी पिपलको रुखमा पुगे, स्कुटर पार्किङ गरे । करिब १० मिनेटपछि पार्किङमा पुग्दा स्कुटरको डिकीमा राखेको एक लाख रुपैयाँ चोरी भैसकेको थियो ।
असार ७ मा भएको सो चोरी पत्ता लगाउन महानगरीय अपराध महाशाखाको चोरी शाखा र महानगरीय प्रहरी वृत बानेश्वरको टोली जुट्यो । विजय अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षकका छोरा हुन् । त्यसैले, प्रहरीलाई सो चोरी छिटो पत्ता लगाउनुपर्ने दबाब थियो ।
बानेश्वर क्षेत्रमा त्यस्ता चोरी अरु दुईओटा पनि थिए । लकडाउनपछि एउटी महिलाको स्कुटरबाट सुन र अर्की एक महिलाको स्कुटरको डिकीबाट पैसा चोरिएको थियो ।
प्रहरीसँग सो चोरीको तीन ठाउँको सिसिटीभी फुजेट थियो । सो फुटेजकै आधारमा अपराध महाशाखा र महानगरीय प्रहरी वृत बानेश्वरको टोलीले साउन ११ मा सोभित कार्की उर्फ ‘कृष्ण’लाई समात्न सफल भयो । मोरङ मधुमल्ला–१ घर भएका सोभित अहिले बानेश्वर प्रहरीको हिरासतमा छन् ।
गोजीमा साँचोको झुप्पा
पक्रेपछि प्रहरीले उनको गोजी सर्च गरे । हरेक गोजीमा स्कुटरमा लाग्ने साँचोको झुप्पा थियो, केही साँचो गाडीका थिए ।
‘कार्कीको साथबाट ४१ वटा साँचो बरामद गरेका छौं’ महानगरीय अपराध महाशाखाका प्रमुख (एसएसपी) दीपक थापाले भने–‘उसले लामो समयदेखि ‘मास्टर की’ प्रयोग गरेर स्कुटरको डिकीबाट पैसा चोर्ने गरेको खुलेको छ ।’
डिओ, भेस्पा, होण्डा जस्ता स्कुटरका साँचो उनले छुट्टाछुट्टै झुप्पा बनाएर फरक–फरक गोजीमा बोकेर हिँड्थे । अनि, पार्किङमा राखेको स्कुटर खोलेर पैसा चोर्थे । बैङ्कबाट पैसा झिकेर फर्केका मान्छेको निगरानी गर्ने र फलो गरेर स्कुटरको डिकी खोल्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

१८ वर्षदेखि चोरीमा
सोभित ४८ वर्षका भए । ०५८ मा चोरी मुद्दामा दुईबर्ष जेल बसेर छुटेका उनी लामो समयदेखि चोरीमा संलग्न रहेको पाइएको छ । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतका अनुसार उनी करिब १८ वर्षयता चोरी पेशामा नै छन् ।
‘पेशेवर चोर’ सोभितले चोर्ने केही नयाँ तरिका अपनाउँथे । काठमाडौँमा उनको दुई ठाउँमा कोठा थियो । रातोपुल र मण्डिखाटार ।
एउटा चोरी सफल भएपछि त्यसबेला लगाएको टोपी देखि जुत्तासम्म उनी कि खोलामा मिल्काउँथे, नत्र मण्डिखाटारको कोठामा लगेर राख्थे । ‘चोरी सफल’ भएको ह्याट र अन्य कपडा उनले कहिल्यै दोस्रो पटक प्रयोग गरेनन् । मण्डिखाटारको कोठामा उनि कपडा चेन्ज गर्न मात्रै जान्थे, अरुबेला बस्दैनथे । रातोपुलमा एक महिलासँग लिभिङ टुगेदरमा थिए ।
डस्टबिनमा भेटियो पैसा !
प्रहरीले रातोपुल र मण्डिखाटारमा उनी बस्ने डेरा खानतलासी गरेको छ । चोरेको प्रमाण तत्काल लुकाउन माहिर सोभितले केही प्रमाण भने लुकाउन सकेनन् ।
असार ७ मा पुर्व प्रहरी अधिकृतको छोरा बिजयको स्कुटरबाट चोरेको ५० हजार नगद सानिमा बैङ्कको ट्याग सहितको उनको कोठाको डस्टविनमा फेला परेको छ ।
चोरेपछि मोवाइल किनेको सिसिटिभी फुजेट र लिभिङ टुगेदर ‘पार्टनर’लाई दिएको १५ हजार नगद पनि अनुसन्धानमा संलग्न प्रहरीले बरामद गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
-
बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
