१२ स्वास्थ्यकर्मीसहित पर्सा र बाराका ३६ जनामा कोरोना संक्रमण पुष्टि
वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा नेपाल प्रहरी, नेपाली सेना स्वास्थ्यकर्मी सहित ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले दिएको जानकारीअनुसार संक्रमित हुनेहरुमा २८ जना पुरूष र ८ जना महिला रहेका छन् । संक्रमित हुनेमा १९ वर्षका युवा देखि ५३ वर्षका पुरूष समेत रहेका छन् ।
नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले जानकारी दिएअनुसार संक्रमण पुष्टि भएका ३६ जना मध्ये नारायणी अस्पतालका १० स्वास्थ्यकर्मी रहेका छन् ।
३४ वर्षका २ जना नेपाली सेना, २४ वर्षका १ जना नेपाल प्रहरी र नारायणी अस्पतालका १ जना डाक्टर , १ जना एम्बुलेन्स चालक ८ जना स्वास्थ्यकर्मीमा संक्रमण भेटिएको मेसु उपाध्यायले जानकारी दिए ।
यस्तै वीरगन्ज महानगरपालिका वडा नम्बर ८ का २ जना , वडा नम्बर १ का १ जना , वडा नम्बर २ का १ जना , वडा नम्बर १६ का १ जना , वडा नम्बर २३ का १ जना , वडा नम्बर ४ का ३ जना, वडा नम्बर १२ का ३ जना, वडा नम्बर ३ का १ जना, वडा नम्बर १५ का १ जना, पर्साकै जगरनाथपुर का १ जना रहेको मेसु उपाध्यायले जानकारी दिए ।
यस्तै बारा जिल्ला जितपुर हेल्थ पोष्टका २४ र २७ वर्षका २ जना स्वास्थ्यकर्मी रहेका छन् भने बारा जिल्ला कलैया वडा १ का ३४ वर्षका १ जना पुरुष रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
-
बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण