राप्रपालाई आइडियुको सदस्यता
राष्ट्रिय प्रजातन्त्र पार्टीले सम्वद्र्धनवादी राजनीतिक दलहरुको छाता सङ्गठन इन्टरनेशनल डेमोक्राटिक युनियन (आइडियु) को सदस्यता प्राप्त गरेको छ । क्यानडाका पूर्व प्रधानमन्त्री स्टेफन हार्परको अध्यक्षतामा बसेका युनियन कार्य समितिको भर्चुअल बैठकले सदस्यता दिने निर्णय गरेको राप्रपाका नेता राजाराम बर्तौताले जानकारी दिए । राप्रपालाई सदस्यता दिने अष्ट्रेलियाका सत्तारुढ दल लिवरल पार्टी अफ अष्ट्रेलियाले गरेको प्रस्तावलाई माल्दिभ्सका पूर्वराष्ट्रपति मोहम्मद नसिरले समर्थन जनाएका थिए ।
विश्वका ७६ कन्जरभेटिभ राजनीतिक दलका प्रतिनिधि सम्मिलित उक्त बैठकमा राप्रपा अध्यक्ष कमल थापा सहभागी हुनुहुन्थ्यो । बैठकमा अध्यक्ष थापाले संसारका सबै मुलुकको आर्थिक विकास, शान्ति र स्वतन्त्रतामा विश्वास राख्दै प्रजातन्त्र, स्वतन्त्रता र मानवअधिकारका क्षेत्रमा एकता र सहकार्यको आवश्यकता औँल्याउनुभएको राप्रपाले जानकारी दिएको छ ।
संयुक्त राज्य अमेरिकाको वासिङ्टन डिसिमा आयोजना हुने उक्त बैठक कोभिड–१९ का कारण भर्चुअलमा परिणत भएको थियो । बैठकले नेपालसहित युक्रेन, स्वीडेन, अल्वानिया र नाइजेरियाका राजनीतिक दललाई सदस्यता प्रदान गरेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको अनुगमन अब डिजिटल पोर्टलबाट
-
धुर्मुसको अपिलः सकिन्छ भने न्याय दिनुस्, सकिन्न भने जेल हालिदिनुस्
-
विदेशी सम्बन्धनका कलेजमा थप कडाइ, नयाँ नियमावली स्वीकृत
-
बजेट विवाद समाधान गर्ने विषयमा सुदूरका मुख्यमन्त्री र महामन्त्रीबिच भेटवार्ता
-
विश्वकपको उत्सवबिच अर्जेन्टिनी फुटबल संघमाथि एफबीआईको अनुसन्धान
-
संविधान संशोधनमा दलित अधिकारलाई प्राथमिकता दिन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण